News Portal

  • पार्टी एकता भैसकेको पूर्वमन्त्री पाण्डेको प्रष्टोक्ति

    इभक्तपुर संवाददाता
    ८०९ पटक

    नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री सोमप्रसाद पाण्डेले एमाले र माओवादीवीचको पार्टी एकता भैसकेकोले अब घोषणा गर्नमात्रै बाँकी रहेको सुनाए । उनले भने,‘पार्टी एकता भैसक्यो, अब घोषणा गर्न मात्रै बाँकी छ, हामी अब पदीय अलमलमा छैनौं।’

    शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पाण्डेले जनताका वीचमा एमाले र माओवादीवीच एकता भैसकेकोले अब छिट्टै एकता हुने विश्वास दिलाए । उनले थपे,‘केही दिनभित्रै एकता हुन्छ, नेताहरुवीच पदीय बाँडफाँडमा कुनै विमति छैन, नेताहरु मिल्छन्।’ वाम गठबन्धनका प्रमुख नेताद्धय एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बसेर सबै कुरा टुँगो लगाउने उनको विश्वास थियो ।

    पाण्डेले निर्वाचन सम्पन्न भएपछि मुलुकमा राजनीतिक परिवर्तनको एउटा अध्याय समाप्त भएकोले अब आर्थिक समृद्धिको यात्रा सुरु भएको स्पष्ट पारे । उनले भने,‘अब मुलुक समृद्धिको यात्रामा अघि बढ्यो, यसको लागि सबै दलहरुवीच हातेमालो हुन जरुरी छ।’

    उनले फागुणको पहिलो हप्ताभित्रै नयाँ सरकार गठन हुने विश्वास दिलाए । पाण्डेले भने,‘वाम गठबन्धनले समृद्धिको यात्रा हाँसिल गर्नको लागि झण्डै दुई तिहाई हाँसिल गरेको छ, अब हामी सरकार बनाउँछौं।’

    उनले वर्तमान सरकारले गरेका निर्णयहरुप्रति टिप्पणी गर्दै भने,‘नेपाली कांग्रेसको नियत के हो ? देउवाको गतिविधिको बारेमा हामीले भनिरहनुपर्दैन नि, उनले राजाको पाउमा लगेर बहुदलीय व्यवस्था बुझाएकै हुन्।’ देउवाले मुलुकको अर्थतन्त्र समाप्त पार्नेगरि निर्णय गरेको आरोप लगाउँदै उनले भने,‘वाम गठबन्धनको शासन चल्न नसकोस् र अब बन्ने सरकारलाई असफल तुल्याउनको लागि यस्तो निर्णय गरेको हो।’

    उनले एमाले र माओवादी केन्द्रको एकतालाई तोड्ने उद्देश्यले वृद्धभत्ताको लागि ६५ वर्ष लगायतका पछिल्ला निर्णयहरु भएको आरोप लगाए । उनले भने,‘यो गलत हर्कत जनताले थाहा पाईसकेका छन्।’ उनले अब बन्ने सरकारले देउवा सरकारले गरेका कतिपयहरु नराम्रा निर्णयहरु गलत भए सच्याउने पनि जनाए ।

    उनले थपे,‘हामी यो सरकारले गरेका निर्णयहरु सबै उल्टाउँछौं भनेर भन्दैनौ, तर असंवैधानिक, गैरकानूनी र गलत नियत राखेर गरिएका निर्णयहरुमा पूर्नविचार गर्छौं, सच्याउनसम्म सक्छौं।’

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...