News Portal

  • फेसबुकको चिनजानले बनायो बलात्कृत : रक्षक नै भक्षक भएपछी रोकिएनन् आँशु

    इभक्तपुर संवाददाताभक्तपुर, १६ माघ
    १४९० पटक
    भक्तपुर, १६ माघ

    सामाजिक संजाल फेसबुकले सुबिधा संगै बिकृती पनि बढाएको घटना बेलाबेला बाहिर आइ नै रहन्छ । खासगरी फेसबुके चिनजानमा बिश्वाश गर्दा मानिसहरु अपराधको शिकार बन्ने गरेको घटनाहरु सार्वजनिक हुने गरेका छन । बिहिवार यस्तै एक अपराधको शिकार बनिन एक युवती ।

    युवती राम्री थिइन्, केटाहरुले फ्रेन्ड रिक्वेस्ट पठाउने नै भए । साथी बनाएपछि हाइ हेल्लो पनि हुने नै भयो । माघ १० गते , गत बिहिबार केटाले दरवारमार्गमा भेट्ने प्रस्ताव राख्यो । दरवारमार्गको रमाइलोमा केटासाथीको आत्मीय साथको मिठो कल्पना गर्दै केटीले पनि हुन्छ भनिन । तर उनको मिठो कल्पना भताभुङ्ग भयो । उनी राजधानीको मुटु मानिने दरवार मार्गमा आफ्नै केटा साथीको कारण बलात्कारमा परिन ।

    केटा साथीले उनलाई कमलादीको ल्याण्डमार्क होटल पुर्याएको थियो । राति आएका केटाका ३ जना साथीले केटीलाई सामूहिक बलात्कार गरेका थिए । मदिरामा लट्ठ बलात्कारीहरुले उनलाई रातभर हवसको शिकार बनाए ।

    बलात्कारीहरुले शुक्रबार बिहान करिब ८ बजे ती युवतीलाई ट्याक्सीमा राखेर घर छाडिदिन भन्दै ड्राइभरलाइ ५ सयको नोट थमाइदिए । घरको बाटो सोद्धा युवती सुक्क सुक्क मात्र गरिन । ट्याक्सीड्राइभरले आत्मियता देखाएपछि उनले भक्कानिदै बास्तविकता बताइन । बालात्कारको शिकार भएको बुझेपछि युवतीलाई उनले महानगरीय प्रहरी वृत्त, कमलपोखरी पुर्‍याइदिए ।

    कमलपोखरी पुगेपछि युवतीले प्रहरीसामु आफू सामूहिक बलात्कारमा परेको बताइन् । घटना भएको एरिया महानगरीय प्रहरी वृत्त, दरबारमार्गले हेर्ने भन्दै उनलाई उता पुर्‍याइयो । स्रोतका अनुसार दरबारमार्ग वृत्तका प्रहरीले तत्कालै तदारुकता देखायो । होटलसम्म पुगेर घटनास्थलको अवलोकन गरेर फर्कियो ।

    अपराधमा संलग्न २ जनाको नाम पहिचान समेत भैसकेको थियो । बलात्कार जस्तो घटनामा लोकलाजको कारण पिडितहरु प्रहरीकोमा नआउने घटानामा युवती आफै आउदा समेत कारवाहीमा प्रहरी निष्क्रिय बन्यो । प्रहरीले घटनामा संलग्न एक युवालाई नियन्त्रणमा लिएको थियो, तर मुद्दा शाखाका प्रमुख समेत रहेको इन्सपेक्टर लक्ष्मण सिंह ठकुरीले मुद्दा चलाउनुको साटो ती युवालाई छाडिदिए । रक्षक नै भक्षक बनेपछि कसको के लाग्नु प्रहरीले युवतीको लिखित निवेदन समेत दर्ता गर्न नमानेर घर फर्काइदियो ।

    एरियाको सानोतिनो घटनाको पनि हेडक्वार्टरमा जानकारी गराउनुपर्नेमा बलात्कार जस्तो जघन्य अपराधको घटना दरवारमार्ग वृत्तले गुपचुप नै राख्यो । ४ दिन पछि आर्थिक लेनदेनमा बलात्कारको घटना दबाएको सुचना पाएपछि सोमबार नै प्रहरी प्रधान कार्यालय, नक्सालले घटनाबारे चासो राख्यो । महानगरीय प्रहरी परिसरका प्रमुख रवीन्द्र धानुकले दरवारमार्ग वृत्तमै पुगेर आर्थीक लेनदेनमा अपराधीलाई उन्मुक्ति दिने भन्दै थर्काए  । धानुकले थर्काए लगत्तै वृत्तका मुद्दा फाँटका इन्स्पेक्टर लक्ष्मण सिंह ठकुरीलाइ हेडक्वार्टर तानियो ।

    घटनामा दरबारमार्ग वृत्तको शंकास्पद भूमिका देखिएको भन्दै एसपी रामदत्त जोशीको नेतृत्वमा गठित ५ सदस्यीय छानवीन समितिले अहिले घटनाको छानवीन गरिरहेको प्रहरीले बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...