News Portal

  • प्रधानमन्त्रीद्वारा शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण

    इभक्तपुर संवाददाता
    १६१० पटक

    काठमाडौँ, माघ १६ गते । आज शहिद दिवस । प्रधानमन्त्री शेरबहादुर देउवाले शहीद पार्कमा पुगी शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

    काठमाडौँ महानगरपालिकाका प्रमूख विद्यासुन्दर शाक्यको संयोजकत्वमा शहीद सप्ताह मूल समारोह समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा लौनचौरमा रहेको शहीद पार्कमा पुगी ज्ञातअज्ञात शहीदप्रति पुष्पगुच्छा अर्पण गरी प्रधानमन्त्री देउवाले श्रद्धाञ्जलि अर्पण गरे ।

    कार्यक्रममा सुरक्षा निकायका प्रमुख, रक्षामन्त्री, कामपाका प्रमुख, उपप्रमुख र वडाध्यक्षसहितको सहभागिता रहेको थियो ।

    शहीद सप्ताहअन्तर्गत माघ १० गते बिहान ८ बजे टेकु खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जलिसभाबाट कार्यक्रमको थालनी भएको हो । त्यस्तै, माघ १३ गते बिहान सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा, १५ गते बिहान गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जलिसभा आयोजना गरिएको थियो ।

    आज शहीद दिवशका दिन बिहान ८ बजे शान्तिबाटिका रत्नपार्कबाट प्रभातफेरि शुरु गरी प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरि बिहान ९ बजे शहीद स्मारक पुगेको थियो ।

    विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा माघ १३ गते र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन शासक पक्षले मृत्युदण्ड दिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...