News Portal

  • आइएमओबाट चिठ्ठा पर्यो भनि झुक्काएर रकम ठगी गर्न खोज्ने सर्लाहीका एक युवा समातिए

    इभक्तपुर संवाददाता
    १०६३ पटक

    आइएमओबाट चिठ्ठा पर्यो भनि झुक्काएर रकम ठगी गर्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन । सर्लाही घर भएका २२ वर्षीय सर्लाही हुसेन सोमबार पक्राउ परेका हुन् ।

    चिठ्ठा परेको रकम लिन पहिला केही रकम दिनुपर्छ भनि सर्वसाधारणले पठाएको रकम लिन आफ्नो फोटो टाँसी गलत नाम ठेगाना रहेको लाइसेन्सको कलर प्रिन्टलाई लेमिनेशन गरेर लगेको अवस्थामा काठमाडौं महानगरपालिका–३२ तिनकुनेस्थित प्रभु मनिट्रान्सफरबाट उनलाई सर्वसाधारणले नियन्त्रणमा लिई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा बुझाएका हुन् ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...