News Portal

  • पहिलो पटक क्षयरोगी यकिन तथ्यांक लिनेगरी सर्वेक्षण शुरु

    रमेश गिरीभक्तपुर, १८ माघ
    ६६० पटक
    भक्तपुर, १८ माघ

    राष्ट्रिय क्षयरोग केन्द्रले इतिहासमा पहिलो पटक बृहत् रुपमा राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण शुरु गरेको छ ।

    आज मध्यपुरथिमिको बालकुमारीबाट नेपालमा रहेको फोक्सोको क्षयरोगी यकिन तथ्यांक लिनेगरी सर्वेक्षण शुरु भएको केन्द्रका निर्देशक केदारनरसिंह केसीले जानकारी दिए ।

    बालकुमारीका आयोजित सर्वेक्षण शुभारम्भ कार्यक्रममा उनले देशभरका हिमाल, पहाड र तराईलाई समेट्ने गरी ५५ जिल्लाका ९९ वटा क्लस्टर छुट्याई करिब ५७ हजार ६१० जनाको प्रत्यक्ष टोलमै पुगेर अत्याधुनिक डिजिटल प्रविधिद्वारा रोग निदान र परीक्षणको माध्यमबाट क्षयरोगको वास्तविक अवस्था आँकलन गर्न सर्वेक्षण शुरु गरेको बताए ।

    नेपाल सरकारको रु २३ करोड, ग्लोबल फण्डको रु १७ करोड, नर्वेको लङ हेल्थ फाउण्डेसनको रु तीन करोड गरी रु ४३ करोडको लागत र जापान आइटिएको प्राविधिक सहयोगमा सर्वेक्षण हुनेभएको हो ।

    कार्यक्रममा केन्द्रका योजना प्रमुख एवं सर्वेक्षण संयोजक अनिल थापाले भक्तपुर, सिन्धुली, दोलखाबाट पाइलटिङका रुपमा सर्वेक्षण गर्ने कार्यक्रमअन्तर्गत भक्तपुरबाट सर्वेक्षणको औपचारिक रुपमा शुरु गरिएको बताए । उनले आगामी २४ गतेदेखि दोलखा र सिन्धुलीमा पनि सर्वे शुरु गरिने जानकारी गराए । भक्तपुरमा भने आजदेखि चारदिनसम्म बालकुमारीमा क्षयरोगको परीक्षण एवं सर्वे हुनेछ ।

    थापाले भने, “यो अहिले तीन जिल्लामा पाइलटिङका रुपमा शुरु भएको छ, सर्वे थप ५५ जिल्लामा गरी कूल ५८ जिल्लामा हुनेछ, यसमा करिब रु ६० हजारको छातीको एक्सरे, खकारलगायतको परीक्षण हुनेछ ।”

    सर्वेक्षणमा विशेषज्ञ टोली खटाइएको छ । यसमा आउनेको छातीको एक्सरे गरिने, क्षयरोगका लक्षण देखिएकाको खकार लिने र केन्द्रको ल्याबमा लगेर परीक्षण गरिनेछ । फोक्सोको क्षयरोगबारे सर्वेक्षण गरे पनि यसबाट अरु अंगमा हुने क्षयरोग, १५ वर्षमुनिका बालबालिकामा हुने क्षयरोगको संख्या कति छ भन्ने अनुमानित तथ्यांकसमेत आउनेछ । साथै क्षयरोगका शंकास्पद व्यक्तिको आर्थिक, सामाजिक अवस्था कस्तो छ, उनीहरू कस्ता स्वास्थ्य संस्थामा उपचारमा जाने गरेका छन् भन्ने तथ्यांकसमेत आउँछ भन्दै थापाले १७ महिनामा सबै जिल्लाको तथ्यांक आइसक्ने बताए ।

    यसबाट नेपालमा क्षयरोगको अवस्था कस्तो छ, बिरामी निको हुने दर कस्तो छ, नयाँ बिरामी थपिने दर कस्तो छ, नयाँ र पुराना क्षयरोगी कति छन्, उपचार विधिमा के सुधार ल्याउनुपर्छ भन्नेलगायतका क्षयरोगको अवस्थाबारे जानकारी लिन सकिने उनको भनाइ छ ।

    कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठले सर्वेक्षणले नेपालको क्षयरोगको अवस्थाबारे आधिकारिक तथ्यांक आउने र यसले क्षयरोगीको उपचारलाई सहज र प्रभावकारी बनाउनका लागि योजना तयार गर्न टेवा पुग्ने बताए ।

    विश्व स्वास्थ्य संगठनका सुवास लाखे, जन्त्रका प्रमुख रामशरण गोपालीलगायतले सर्वेक्षणलाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको औल्याए । नेपालमा प्रतिवर्ष ४४ हजार नयाँ क्षयरोगी भएको तथ्यांकमा रहे पनि ५८ देखि ६० हजारको संख्यामा हुनसक्ने आँकलन रहेको केन्द्रले जनाएको छ । यसवर्ष मात्रै ४४ हजार नयाँ क्षयरोगी थपिएको भए पनि दुई हजार ५५७ जना मात्रै दर्तामा आएका केन्द्रले जानकारी दिएको छ ।

    राष्ट्रिय क्षयरोग कार्यक्रमले अल्पकालीन र दीर्घकालीन रुपमा रणनीतिक योजना बनाएर कार्य गर्ने गरेको बताउँदै केन्द्र निर्देशक केसीले समस्याको पहिचान गरी त्यसको समाधान गर्ने गरी प्राथमिकता क्षेत्र निर्धारण गर्दै २०१६ देखि २०२१ सम्मको राष्ट्रिय रणनीतिक योजना तयार पारेर कार्यान्वयन भइरहेको बताए ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...