News Portal

  • जनकपुरमा देखियो ओली-नेपाल गुटको सरगर्मी

    इभक्तपुर संवाददाताजनकपुर, २१ माघ
    ७९७ पटक
    जनकपुर, २१ माघ

    आइतवार बिहान प्रदेश नम्बर २ को पहिलो बैठक बस्यो । प्रदेशसभा लाई कस्ले सम्बोधन गर्ने भन्ने बिषयले बिबाद भएपछी नेकपा एमालेबाट भने २ जना नेताहरुले आधा आधा समय बाडेर बोलेको खबर प्राप्त भएको छ ।

    स्थायी समिति सदस्य सत्यनारायण मण्डल र पोलिट्ब्यूरो सदस्य शत्रुघन महतो दुबैले पार्टी प्रतिनिधिको हैसियतमा सम्बोधन गर्न रुची देखाएपछि १० मिनेटको समयलाई बाडेर दुवै नेतालाई ५ -५ मिनेट दिइएको थियो ।

    पार्टी भित्रको गुटबन्दीको असर प्रदेश सभामा देखिएको एक नेताले जानकारी गराए । मण्डल अध्यक्ष केपी ओली प्यानलका हुन् भने महतो बरिष्ठ नेता माधव नेपाल खेमाका मानिन्छन ।

    दुवै नेताले संसदीय दलको नेता बन्ने दावी गरेकाले पनि आजको सम्बोधनलाई उनीहरुले छोड्न नचाहेको श्रोतले बतायो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...