News Portal

  • निर्वाचनमा मतदाताको पहिचान गर्ने प्रमाणपत्र तोकियो

    भक्तपुर, २१ माघ
    ७६८ पटक
    भक्तपुर, २१ माघ

    निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतादाताले आफू निर्वाचित भएको प्रमाणपत्र वा अन्य प्रमाणका आधारमा समेत मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

    प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले स्थानीय तह र प्रदेशसभा सदस्यमा निर्वाचित जनप्रतिनिधिलाई निर्वाचित भएको प्रमाणपत्रको अतिरिक्त आयोगबाट जारी मतदाता परिचयपत्र वा नागरिकता प्रमाणपत्रका आधारमा पनि मतदान गर्न पाउने व्यवस्था गरेको हो ।

    निर्वाचित भएको प्रमाणपत्र कारणबश हराएमा वा नष्ट भएमा पनि राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताको मताधिकार सुनिश्चित गर्न आयोगले यस्तो निर्णय गरेको जनाएको छ ।

    आज राति १२ बजेदेखि मौन अवधि शुरु

    राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेपछि निर्वाचनको मौन अवधि शुरु हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

    मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुञ्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी, नागरिक समाज र आम मतदाताले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन पाइने छैन ।

    साथै आम सञ्चारमाध्यमले समेत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशन÷प्रसारण गर्न, मत सर्वेक्षण गर्न र त्यसको परिणाम प्रकाशन वा प्रसारण गर्नु निर्वाचन आचारसंहिताविपरीत हुनेहुँदा त्यस्ता सामग्री प्रकाशन÷प्रसारण नगर्न आयोगले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...