News Portal

  • ट्राफिक प्रहरी नै हेर्न जान्दैनन् इम्बोस्ड नम्बर प्लेट

    काठमाडौँ, २२ माघ
    १०८३ पटक
    काठमाडौँ, २२ माघ

    इम्बोस्ड नम्बर प्लेट राखेर चलेका सवारीसाधनदेखि ट्राफिक प्रहरी झुक्किने गरेका छन् ।

    इम्बोस्ड नम्बरप्लेट जडान शुरु भएको नम्बर अंग्रेजीमा लेखिँदा र उक्त नम्बर प्लेटमा ट्राफिक व्यवस्थापन गर्न बानी नपर्दा झुक्किने गरेका हुन् । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशमा आधारित इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने व्यवस्था गरेको हो ।

    दरबारमार्ग ट्राफिक कार्यालयमा कार्यरत एक प्रहरी जवान इम्बोस्ड नम्बर प्लेटका सवारीसाधनबाट आफू झुक्किने गरेको बताउछन् । “नेपाली नम्बर प्लेटका सवारीसाधनको व्यवस्थापन गर्दै आएकामा इम्बोस्ड नम्बरप्लेटका सवारीसाधन आउँदा शुरुशुरुमा कुन सवारीसाधन होला भनेर अन्योल हुँदो रहेछ,”– उनले भने ।

    उपत्यकामा इम्बोस्ड नम्बरप्लेटका सवारीसाधन गुड्न थालेपछि सर्वसाधारण मात्र नभई अधिकांश ट्राफिक प्रहरी नै झुक्किने गरेका छन् । इम्बोस्ड नम्बरप्लेटको ज्ञान नहुनु र जडान कार्य शुरु भएकाले अधिकांश ट्राफिक प्रहरी झुक्किने गरेका हुन् ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल इम्बोस्ड नम्बरको सवारीसाधनलाई व्यवस्थापन गर्नका लागि यातायात कार्यालयसँग समन्वयन गरेर ट्राफिक प्रहरीलाई तालीमको व्यवस्था गर्न लागिएको बताउछन् । “नेपालमा इम्बोस्ड नम्बरप्लेटको थालनी भर्खरै भएकाले शुरुमा झुक्किनु स्वभाविक हो, हामी सबै ट्राफिक प्रहरीलाई इम्बोस्ड नम्बरप्लेटबारे चाँडै नै तालीम दिन्छौँ,”– उनले बताए ।

    सरकारले वाग्मती अञ्चलमा दर्ता भएका चारपांग्रे्रे सवारीसाधनमा अनिवार्यरुपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्नुपर्ने व्यवस्था गरेपछि अहिले धमाधम इम्बोड नम्बरप्लेट राख्ने काम भइरहेको छ ।

    यातायात व्यवस्था विभागले वाग्मती अञ्चलमा दर्ता भएका सरकारी र संस्थानका सवारीका लागि आगामी चैत मसान्तभित्र र अरु सवारीसाधनलाई २०७५ असार मसान्तसम्म अनिवार्यरुपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसपछि क्रमशः अरु सवारीसाधनमा इम्बोस्डप्लेट जडान कार्य गरिनेछ ।

    सरकारले अहिले पाँच प्रकारको इम्बोड नम्बरप्लेटको व्यवस्था गरेको छ । जसमध्ये राष्ट्रपतिको सवारीसाधनलाई निशान छापसहितको नम्बर, सरकारी र संस्थानलाई सेतो प्लेटमा रातो नम्बर, कूटनीतिक सेतो प्लेटमा निलो नम्बर, निजी सेतो प्लेटमा कालो नम्बर र भाडाका सवारीसाधनलाई पहेँलो प्लेटमा कालो नम्बर राख्ने व्यवस्था गरेको छ ।

    यसैगरी इम्बोस्ड नम्बरको शुरुको अक्षर क्रमशः मोटरसाइकलको ‘ए’, कार, जिप डेलीभरी भ्यानको ‘वी’, टेम्पो र अटोरिक्साको ‘सी’, पावर टिलरको ‘डि’, ट्र्याक्टरको ‘इ’ मिनिवसको ‘एफ’, ट्रक बस ‘जी’ गरी राखिएको छ ।

    इम्बोस्ड नम्बर लिनुभन्दा अगाडि यातायात कार्यालयमा अहिलेसम्म बाँकी रहेको सवारी कर बुझाएर मात्र आवेदन दिनुपर्ने हुन्छ । पहिलो चरणमा चारपाँग्रे साना तथा ठूला सवारी धनीले मात्रै इम्बोस्डप्लेटका लागि आवेदन दिन सक्नेछन् ।

    यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई हालसम्म एक हजार २०० सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट जडान गरिसकिएको बताउनुहुन्छ । “दैनिक १०० देखि १५० सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट जडान भइरहेको छ,”– उनी बताउछन् । कार्यालयमा हालसम्म इम्बोस्ड नम्बरप्लेट राख्नका लागि करिब चार हजार आवेदन परिसकेको महानिर्देशक भट्टराई बताउछन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...