News Portal

  • बिप्लव नेतृत्वको नेकपा र बैद्य नेतृत्वको (क्रान्तिकारी माओवादी)बीच आइतवार यस्तो सहमति

    इभक्तपुर संवाददाताकाठमाडौँ, २२ माघ
    १४२८ पटक
    काठमाडौँ, २२ माघ

    नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) बीचको एकता प्रक्रिया थप अगाडि बढेको छ । दुई पार्टीले केही समय अगाडिदेखि पार्टी एकता र कार्यगत एकताका बारेमा छलफल चलाउँदै आएका छन् ।

    यसैबीचमा दुई पार्टीका शीर्ष नेताहरुबीच आइतबार वार्ता सम्पन्न भएको छ । वार्तामा क्रान्तिकारी शक्तिहरुका बीच ध्रुविकरणलाई बढाउन अझै छलफल गर्ने सहमति भएको छ । छलफलमा क्रान्तिकारी माओवादीका तर्फबाट अध्यक्ष मोहन बैद्य र नेकपाका तर्फबाट स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डसहितको टोली सहभागी रहेको थियो ।
    छलफलमा दुई पार्टीका बीचको एकताका बारेमा कुरा भएको बताइएको छ । साथै एकता सम्पन्न नभएसम्मका लागि दुई पार्टीले कार्यगत एकता गर्ने सहमति भएको छ । सो अनुसार फागुन १ गते दुबै पार्टीको संयुक्त कार्यक्रम आयोजना गर्ने बताइएको छ । २०५२ साल फागुन १ गते नेपालमा तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा सशस्त्र जनयुद्धको थालनी भएको थियो । सो दिनलाई माओवादी पार्टीहरुले भव्य दिवसका रुपमा मनाउँदै आएका छन् । यसपटक पनि दुई पार्टीले फागुन १ गते संयुक्त रुपमा जनयुद्ध दिवस मनाउने निर्णय गरेका हुन् ।

    त्यसैगरी दुई पार्टीले अबदेखि संयुक्त रुपमा भ्रष्टाचारका विरुद्ध संघर्ष गर्ने भएका छन् । आफ्नो पद र शक्तिको दुरुपयोग गरी अवैध तरिकाबाट अकूत सम्पती आर्जन गर्नेहरु दिनहुँ बढिरहेको र तिनै मानिसहरुको देशमा हाली मुहाली बढेको बताउँदै दुई पार्टीले उनीहरुको जनतामाझ भण्डाफोर गर्नुका साथै कारवाही पनि गर्ने बताएका छन् ।

    हालै भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणप्रति पनि दुई पार्टीले कडा टिप्पणी गरेका छन् । यो भ्रमणले एकातिर नेपालमा भारतीय हस्तक्षेप बढेको संकेत गरेको र अर्कोतिर नेपालमा सबै दल र तिनका शीर्ष नेताहरु लम्पसार परेर भारतप्रति आत्मसमर्पण गर्न पुगेको दुई पार्टीले बताएका छन् । भारतले नेपालमाथि लगाएको नाकाबन्दीका बेला राष्ट्रियताको पक्षमा अडान लिएको भन्दै जनतामाझ आफ्नो छुट्टै पहिचान स्थापित गर्न खोजेका एमाले अध्यक्ष केपी ओली पछिल्लो समय झनै सबैभन्दा अगाडि बढेर भारत सामु झुकेको दुई पार्टीले बताएका छन् ।

    ओली आफ्नो नेतृत्वमा सरकार बनाउन भारत गुहार्न पुगेको यी घटनाबाट प्रष्ट भएको निष्कर्ष दुई पार्टीले निकालेको नेकपाका प्रवक्ता प्रकाण्डले बताए । उनले ओलीको राष्ट्रवाद खोक्रो र मौसमी रहेको यो घटनाले प्रष्ट पारेको बताए । ओलीमा सत्ता र शक्तिभन्दा देशको माया धेरै तल देखिएको उनको भनाई छ ।

    कम्युनिस्ट न्यूज सेन्टरसँग कुरा गर्दै प्रवक्ता प्रकाण्डले अब नेपालमा बढ्दै गएको भारतीय हस्तक्षेप र नेपालका संसदवादी नेताहरुको आत्मसमर्पणवादी चरित्रका विरुद्ध अब संघर्ष गर्ने बताए । उनले अब नेपालमा भारतीय डिजाइनमा विभिन्न राजनैतिक परिघटनाहरु बढ्दै जाने र त्यसले देशको अस्तित्वमा संकटमा पर्नेतिर गएको भन्दै यसप्रति सचेत हुन आम जनतालाई आग्रह पनि गरे ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...