News Portal

  • हरिपुर नगरपालिकाको प्रथम नगरसभा सम्पन्न : ३४ करोड ७० लाख ६८ हजारको वजेट प्रस्तुत

    प्रेमनाथ पाैडेलसर्लाही, २३ माघ
    ११९६ पटक
    सर्लाही, २३ माघ

    सर्लाहीको  हरिपुर नगरपालिकाको प्रथम नगर सभा सोमवार सम्पन्न भएको छ । मेयर जमरुद्धिन मन्सुरको अध्यक्षता तथा सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य प्रमोद साहको प्रमुख आतिथ्यतामा नगरसभा सम्पन्न भएको हो ।

    सभा मार्फत मेयर जमरुद्धिन मन्सुरले ३४ करोड ७० लाख ६८ हजार बरावरको निती तथा कार्यक्रम र वजेट प्रस्तुत गरेका छन् । कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखि बजेट प्रस्तुत भएको छ ।

    मेयर मन्सुरले स्थानीय तहको निर्वाचनको समयमा गरेको बाचा र प्रतिवद्धतालाई समेटेर बजेट ल्याइएकोले अव जनताले विकास र समृद्धि भनेको कस्तो हुँदो रहेछ भनेर देख्न पाउने बताए । कार्यक्रममा पूर्व साँसद रामचन्द्र चौधरी, रञ्जना सरकारसहित जिल्लाका विशिष्ट व्यक्ति, सुरक्षाकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...