News Portal

  • प्रदेश २ मा हिन्दी बिरुद्ध युवाले छेडे जेहाद : जनकपुरमा जलाइयो नेताको पुतला

    इभक्तपुर संवाददाताजनकपुर, २४ माघ
    ९७९ पटक
    जनकपुर, २४ माघ

    प्रदेश नं २ को गत माघ २१ गते सम्पन्न ऐतिहासिक पहिलो प्रदेशसभा बैठकमा मधेसवादी दलका नेताहरूले आफ्नो मातृभाषा छोडेर हिन्दीमा सम्बोधन गरेको भन्दै विरोधमा युवाहरूले सांसदहरूको पुत्ला जलाएका छन् ।

    मंगलबार साँझ जनकपुरको जानकी चोकमा ‘परिवर्तनका लागि युवा अभियान’का अध्यक्ष बिट्टु पञ्जियारको अध्यक्षता र रोशन यादवको नेतृत्वमा संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालका प्रदेशसभा सांसदहरूको पुत्ला जलाइएको हो ।

    संसद्मा मातृभाषामा शुभकामना मन्तव्य नदिई हिन्दी भाषालाई प्राथमिकता दिएको विरोधमा पुत्ला जलाएको युवाहरूले बताएका छन् । युवाले केहीबेर नाराजुलुस गर्दै ‘मातृभाषाको प्रयोग र अन्तर्राष्ट्रिय भाषाको सम्मान गर’ भन्ने नारासमेत लगाएका थिए । सो क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा केहीबेर तनावसमेत उत्पन्न भएको थियो ।

    मातृभाषालाई भुलेर हिन्दीलाई प्राथमिकता दिएपछि आफ्नो भाषा संरक्षणका लागि विरोध गर्न बाध्य भएको अभियानका संयोजक सुशील कर्णले बताउनुभयो । अभियानका संयोजक कर्णले भने, ‘प्रदेश नम्बर २ मा मैथिली, भोजपुरी, बज्जिका लगायतका भाषालाई प्राथमिकता दिनु पर्दछ र यी भाषाहरूलाई नै सरकारी कामकाजी भाषा बनाउनुपर्छ ।”

    कर्णका अनुसार पहिचानको नाममा आन्दोलन गर्ने अनि मातृभाषा जस्तो आत्मीय पहिचानलाई बिर्सिने दलहरूलाई खबरदारी गर्न पुत्ला जलाइएको हो । कर्णले प्रदेश २ मा बोलिने मैथिली, भोजपूरी, बज्जिका, थारू सहितका मातृभाषामा मात्र बोल्न प्रदेशसभा सदस्यहरूसँग आग्रह गरे ।

    परिवर्तनका लागि युवा अभियानका बिट्टु पंजियारले भने, “मातृभाषाको अपमान तथा बाहिरी भाषाको सम्मान हामी सहन गर्न सक्दैनौँ, हामी आन्दोलनमा उत्रन्छौँ ।” गत आइतबार सम्पन्न प्रदेश २ को पहिलो बैठकमा संघीय समाजवादी फोरमका लालबाबु राउत र राष्ट्रिय जनता पार्टीका जीतेन्द्र सोनलले हिन्दीमा सम्बोधन गरेका थिए भने नेपाली काँग्रेसका रामसरोज यादव, एमालेका सत्यनारायण मण्डल र शत्रुघ्न महतो तथा माओवादी केन्द्रका भरत साहले मैथिलीमा सम्बोधन गरेका थिए ।

    मातृभाषासम्बन्धी विवाद यसअघि सम्पन्न प्रदेशसभा सदस्यहरूको शपथग्रहणमा समेत देखिएको थियो । शपथग्रहणमा ४७ ले मैथिली, २५ ले भोजपुरी, २४ ले नेपाली तथा ११ जना सदस्यले हिन्दीमा शपथग्रहण गरेका थिए । हिन्दीमा शपथ लिने सम्पूर्ण प्रदेशसभा सदस्य राजपाका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...