News Portal

  • शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेकालाई अर्को महत्वपूर्ण अवसर

    इभक्तपुर संवाददाता
    ७२६ पटक

    श्रम तथा रोजगार मन्त्रालयले खाडीका चार देशमा श्रम काउन्सेलर र सहचारीका लागि आवेदन माग गरेको छ ।

    नेपाली राजदूतावास संयुक्त अरब इमिरेट्स (युयई), साउदी अरबका लागि उपसचिवसरहको श्रम काउन्सेलर र नेपाली राजदूतावास कतार र बहराइनका लागि अधिकृतस्तरको श्रम सहचारीका लागि आवेदन माग गरेको मन्त्रालयका प्रवक्ता भुवनप्रसाद आचार्यले जानकारी दिए ।

    श्रम काउन्सिलर तथा श्रम सहचारीसम्बन्धी कार्यविधि २०७३ अनुसार श्रम तथा रोजगार मन्त्रालय वा मन्त्रालयअन्तर्गतका विभाग र निकायमा कम्तीमा एक वर्षदेखि काम गरेको तथा निजामती सेवामा अधिृकतस्तरको कर्मचारीका रुपमा सेवा प्रवेश गरेको अवधि कम्तीमा तीन वर्ष पुगेकाले आवेदन दिन सकिने श्रम मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले इच्छुक उम्मेदवारले ३५ दिनभित्र निवेदन दिन आह्वान गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण...

    पाकिस्तान सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हास्मीले शिष्टाचार भेट गरेका छन्...

    बागमती प्रदेशको पहिलो प्राविधिक सचिव बन्दै डा सुमित्रा गौतम

    भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमले सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् । बागमती प्रदेश...

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...