News Portal

  • किन थुपारियो हतियार : ३ नम्बर प्रदेशको राजधानीबाट भारी मात्रामा बिष्फोटक पदार्थ बरामद

    रामकृष्ण सिवाकोटीहेटौडा, २७ माघ
    ११९३ पटक
    हेटौडा, २७ माघ

    ३ नम्बर प्रदेशको राजधानीमा एक घरबाट बिष्फोटक पदार्थ बरामद भएको छ । मनहरी गाउँपालिका–५ डिल्लीपुरका एक स्थानीयको घरबाट भारी मात्रामा बिष्फोटक पदार्थ बरामद भएको हो ।

    रुम्बा थर भएकाको घरबाट कटुवा पेस्तोल १ थान, कुकर बम १ थान, सुतली बम २ थान, ईन्सास राईफलको गोली २ थान, ८ एमएम लेखिएको गोली २ थान, बारुद करीव आधा केजी, गन्धक पदार्थ १ थान, सेनाको कम्ब्याड ड्रेस १ थान, रडको टुक्रा ५ थान, कैंची १ थान, कालो टेप १ थान, डेटोनेटर आधा मिटर र कुकर बम पडकाउने रिमोट १ थान शुक्रबार प्रहरीले फेला पारी बरामद गरेको छ ।

    बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उक्त घर खानतलासी गर्दा उक्त हातहतियार बरामद भएको प्रहरीले जानकारी गराएको छ ।

    कुन उदेश्यले बिष्फोटक सामाग्री राखिएको भन्ने खुल्न आएको छैन । यस सम्बन्धमा प्रहरीबाट थप खोजी कार्य तथा अनुसन्धान भइरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...