News Portal

  • माओबादी केन्द्र अनन्तको नेतृत्वमा सरकारमा सहभागी हुने

    इभक्तपुर संवाददाताभक्तपुर, २८ माघ
    ९६७ पटक
    भक्तपुर, २८ माघ

    एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने बाम सरकारमा सहभागिताबारे माओबादी केन्द्रमा गृहकार्य अगाडि बढेको बताइएको छ । सरकार गठन अघि नै पार्टी एकता गर्ने कुरामा अधिक समय खर्चेका माओवादी केन्द्रका नेताहरुले सरकारमा सभागी हुने बिषयमा पनि छलफल अघि बढाएका हुन् ।

    माओबादी केन्द्रबाट सरकारको नेतृत्व कसले गर्ने भन्ने बिषयले छलफलमा प्रवेश पाएको श्रोतले बतायो । पूर्व गृह मन्त्रीद्वय शक्ति बस्नेत र जनार्दन शर्माले सरकारको नेतृत्व गरेर जाने चाहना राखेको भएपनि यस पटक नेता बर्षमान पुनको पल्ला भारी भएको बताइएको छ । पूर्व उपप्रधानमन्त्री कृष्ण बहादुर महरा र टोप बहादुर रायमाझी सरकारमा नजाने स्रोतको दावी छ । ”महरा कमरेडले इच्छा देखाउनु भएको छैन, रायमाझी कमरेडमा सहमती हुने सम्भावना कम छ , त्यसैले अनन्त कमरेडकै नेतृत्वमा सरकारमा सहभागी हुने सम्भावना बढी छ ।” श्रोतले बतायो ।

    अनन्त अध्यक्ष प्रचण्ड निकट नेताको रुपमा रहेका र अध्यक्षको बिस्वाशपात्र जनि भएकाले मात्र उनको पल्ला भारी भएको होइन । एमाले संगको एकतामा असन्तुष्ट रहेकाले पनि उनलाई फकाउन सरकारको नेतृत्व दिएर पठाउने तयारी देखिएको श्रोतले दावी गरेको छ ।
    नेता नारायणकाजीले चुनाव हारेपछि पार्टीको दोश्रो बरियतामा रहेका नेता रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा सहभागी हुने चर्चा पनि चलेको छ । बादललाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन नसके उनको नेतृत्वमा सरकारमा सहभागी गराउने गरि अध्यक्ष प्रचण्डले सोच बनाएको बुझिएको छ ।

    ”सम्भावित मन्त्रीहरुले बर्षमानको नेतृत्व स्वीकार गर्न नसके बादलको नेतृत्व निर्बिबाद छ ।” श्रोतको दावी छ ।

    तर, बादलको लागि राष्ट्रपतिको दावी गर्दै अन्तत: राष्ट्रिय सभाको अध्यक्ष प्राप्त गर्ने प्रवल सम्भावना भएकोले अनन्तलाई सरकारमा माओबादी नेतृत्वकर्ताको रुपमा हेरिएको छ । टोप बहादुर रायमाझीले बाटो नछेके उनलाई कसैले रोक्न नसक्ने माओबादी केन्द्रका एक नेताले बताए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...