News Portal

  • प्रदेश २ मा १सय ७४ कर्मचारी खटाउने निर्णय भएकोमा २१ मात्र उपस्थित

    इभक्तपुर संवाददाताजनकपुर, २८ माघ
    ८०४ पटक
    जनकपुर, २८ माघ

    प्रदेश नं २ मा प्रदेशसभाका कर्मचारीहरू कार्यालयमा नआएका कारण व्यवस्थापिका र कार्यपालिका सञ्चालनको कामकाज प्रभावित भएको छ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत सातवटा मन्त्रालयको कामकाजलाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालनका लागि सरकारले १७४ जना कर्मचारी खटाउने निर्णय गरेको भए पनि हालसम्म २१ जना कर्मचारी मात्र उपस्थित भएका छन् ।

    सरकारले १५ दिनअघि नै निर्णय गरेर प्रदेशमा जान कर्मचारीलाई निर्देशन दिए पनि अहिलेसम्म प्रमुख सचिवलगायत २१ जना कर्मचारी मात्र हाजिर भएका कारण कामकाज व्यवस्थित हुन नसकेको प्रदेश नं २ का प्रमुख सचिव राजेश्वरमान सिंहले जानकारी दिए । उनले सरकारले कर्मचारी खटाएको महिना दिन बित्न लाग्यो तर कर्मचारीहरू अटेरी गरेर हालसम्म पनि उपस्थित नभएकाले प्रदेशसभालगायत मन्त्रालयहरुको कामकाज बाँडफाँड गरेर समयमै सक्न समस्या भएको बताउनुभयो ।

    प्रदेश सचिवालय सञ्चालनका लागि २७ जना कर्मचारीको दरबन्दी रहे पनि कर्मचारी नआएपछि प्रदेशसभा सञ्चालनका लागि तालीम दिन खटिएका सहसचिव लगायतका सात जनाले नै सचिवालयको कामकाज गर्न बाध्य छन् ।

    यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा २१ जनाको दरबन्दीमा आठ, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा २३ जनाको दरबन्दीमा चार, आर्थिक मामिला तथा योजना मन्त्रालयमा १८ जनाको दरबन्दीमा दुई, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा २४ जनाको दरबन्दीमा दुईजना कर्मचारी मात्र उपस्थित हुन सकेका छन् ।

    यसैगरी समाजिक विकास मन्त्रालयमा ३० जनाको दरबन्दीमा एकजना पनि उपस्थित हुन सकेको छैन । उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयमा २९ जनाको दरबन्दीमा चार र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा २९ जनाको दरबन्दीमा एकजना मात्र उपस्थित हुन सकेको छ ।

    कर्मचारी अभावकै कारण २१ गते भएको प्रदेश नं २ को पहिलो प्रदेशसभा बैठकमा केही अप्ठ्यारो भएको थियो । अब फागुन २ गते सभामुख र उपसभामुखको निर्वाचनलगत्तै प्रदेश सरकार गठन प्रक्रिया शुरु हुनेछ तर प्रदेश सचिवालय र मन्त्रालयमा कर्मचारी नभएकै कारण तयारीमा समस्या भइरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा उप प्रधानमन्त्रीलाई तानातान

    भक्तपुरको चाँगुनारायणमा बिहीवार उप प्रधानमन्त्रीद्वय विष्णु पौडेल र प्रकाशमान सिंह देखिए । स्मार्ट सिटी कार्यान्वयन...

    शहीद पत्नी एवं भक्तपुर कांग्रेसकी नेतृ झाको निधन

    शहीद पत्नी एवं नेपाल महिला संघ भक्तपुरकी पूर्व अध्यक्ष शारदा झाको निधन भएको छ ।...

    एसईई दिने विद्यार्थीलाई नेसनल प्याव्सन भक्तपुरको अभिमुखीकरण

    नेसनल प्याव्सन भक्तपुरले शैक्षिक वर्ष २०८१ को एसईईमा सम्मिलित हुने आफ्ना विद्यार्थीलाई अभिमुखीकरण गरेको छ...

    पत्रकार प्रजापतिको उपचारमा पत्रकार महासंघको २९ हजार सहयोग

    भक्तपुर । मुटु रोगको उपचार गरिरहेका पत्रकार प्रेम प्रजापतिलाई नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आर्थिक...

    नगरपालिकाको नमूना काम, किसान दङ्ग

    झापा । झापाको बिर्तामोड नगरपालिकाले नेपालकै नमूनाको रुपमा तरकारीको न्यूनतम समर्थन मूल्य कायम गरी किसानलाई...