News Portal

  • ३० वर्षीया तुलसाको आफ्नै श्रीमानद्वारा घाटी रेटी हत्या

    इभक्तपुर संवाददातामोरङ, २८ माघ
    ७९९ पटक
    मोरङ, २८ माघ

    मोरङको पथरीशनिश्चरेमा गए राति श्रीमान्ले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

    पथरीशनिश्चरे–९ स्थित श्याम चौक बस्ने ३४ वर्षीय चन्द्रबहादुर लिम्बूले ३० वर्षीया श्रीमती तुलसा लिम्बूलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिएका छन् । घटनापछि खुकुरी प्रहार गर्ने लिम्बू फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    उनले श्रीमतीको हत्या गर्नुको कारण खुल्न सकेको छैन ।

    पैनीमा डुबेर मृत्यु

    यस्तै मोरङको रंगेली नगरपालिकामा पैनीमा शनिबार एक महिलाको रंगेली नगरपालिका–८ झमनपुरस्थित पैनीमा डुबेर मृत्यु भएको छ । रंगेली–९ बस्ने ५५ वर्षीया कामो ताजपुरियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    कुकुरलाई बचाउन खोज्दा मोटरसाइकल चालकको मृत्यु

    धनुषमा कुकुरलाई बचाउन खोज्दा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका ४...

    पहिरोमा परी ३६ को मृत्यु

    पेरुमा सोमबार आएको पहिरोमा परेर कम्तीमा ३६ जनाको ज्यान गएको बताइएको छ । पेरुको दक्षिणी...

    कान्ति बाल अस्पतालमा अब अनलाइन टिकट

    कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले अस्पतालमा अनलाइन टिकट सुरु गरेको बताका छन् ।...

    बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु

    काठमाडौंको धर्मस्थलीमा बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु भएको छ । सोमबार काठमाडौं महानगरपालिका धर्मस्थली...

    पेट्रोलियम पदार्थको मूल्य वृद्धि

    सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि...