News Portal

  • आज जनयुद्ध दिवसकै दिन पार्टी एकता टुृंगोमा पुर्याउन एमाले अध्यक्ष ओलीको प्रस्ताव

    इभक्तपुर संवाददाताकाठमाडौं, १ फागुन
    १०७१ पटक
    काठमाडौं, १ फागुन

    बाम एकताका सुत्रधार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले जनयुद्ध स्वीकार गरेको खुलासा गरेका छन । जनयुद्ध दिवसको अवसरमा वाइसीएलले पार्टी मुख्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जनयुद्धको सम्मान गरेको खुलासा गरेका हुन् ।

    ”एमालेका अध्यक्ष ओलीजीले राजनीतिक परिवर्तन र सामाजिक जागरणमा जनयुद्धको ऐतिहासिक भुमिका थियो भन्ने कुरा स्विकार गरेका छन् ।” उनले भने ।

    कार्यक्रममा बोल्दै प्रचण्डले प्राविधिक कुरा मिले आजै जनयुद्ध दिवसकै दिन पार्टी एकताको घोषणा गरौ समेत भनेर एमाले अध्यक्ष ओलीले प्रस्ताव गरेको समेत सुनाएका छन ।

    ‘सकेसम्म आज नै, जनयुद्ध दिवसकै दिन पार्टी एकता टुृंगोमा पुगोस् भन्ने ओलीजीको पनि चाहना छ ।’ अध्यक्ष प्रचण्डले भने ।

    आफूहरु क्रान्तिकै बाटोमा रहेको दावी गरेका प्रचण्डले एमालेस्ँगको पार्टी एकता पछि क्रान्तिले नया उचाइ प्राप्त गर्ने दावी गरे ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...