News Portal

  • प्रअ नै यौन पिपासु परेको र प्रहरी पनि उतै मिलेको भन्दै न्याय माग्न हुम्लाबाट आए पिडित

    इभक्तपुर संवाददाताकाठमाडौँ, २ फागुन
    ६८५ पटक
    काठमाडौँ, २ फागुन

    हुम्ला नाम्खा गाउँपालिकाकी छात्रा सिचुडोमा लामाको रहस्यमय हत्या प्रकरणको छानवीन गरी पीडितलाई न्याय दिलाई दिन सरोकारवालाहरुले अनुरोध गरेका छन् । उनीहरुले काठमाडौको अनामनगरमा रहेको संवाद डवलीमा पत्रकार सम्मेलन गर्दै सो आवाज उठाएका हुन् ।

    पत्रकार सम्मेलनमा हुम्लाबाट प्रतिनिधि सभा सदस्यमा विजयी छक्कबहादुर लामाले घटना रहस्यमय भएको बताउँदै छानविन गरी दोषिलाई कारवाहीको माग गरे । लामाले घटनाको सत्यतथ्य सार्वजनिक गर्न पनि माग गरे ।

    त्यसैगरी पत्रकार सम्मेलनमा टुक्चुलु्ङ समाज बौद्धका अध्यक्ष सुनाम लामा, आमा समूह काठमाडौँका अध्यक्ष सुना याङ्जेन लामा, हिमाली बाल समाज हुम्लाका अध्यक्ष कुमार लामा, कैलाश मानसरोबर चिल्ड्रेन अफ हुम्लाका अध्यक्ष छेम्बल लामा, नेपाली हिमाल लामा विद्यार्थी एकता मञ्चका अध्यक्ष जंडुप लामा, कैलाल वाल प्रतिस्ठानका अध्यक्ष पेमा तोप्चेन लामाले संयुक्त विज्ञप्ति जारी गरी दोषिलाई कारवाहीको माग गरेका थिए ।

    पत्रकार सम्मेलनमा हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नं. ५ को तुम्कोट निवासी लेण्डोमिन्गुर लामा तामाङको १७ वर्षीय छोरी सिचुडोमा लामा कक्षा १० मा श्री महाबौद्ध माद्यमिक विद्यालय याल्बाङबाट उतीर्ण भई एसईईको तयारी गरिरहेको जानकारी दिइएको थियो ।

    सोही विद्यालयका प्रधानाध्यापक धनलाल रोकाया बस्ने घरमा बसी पढिरहेकी सिचुडोमालाई अनैतिक कार्य गरी गर्भ पतन गराउन खोज्दा बालिकाको मृत्यु भएको सरोकारवालाका आरोप छ ।

    मृतक किसोरीका बाबु लेण्डो मिन्गुर लामा तामाङले जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दर्ता गर्न खोज्दा जिप्रका हुम्लाले आफ्नो क्षेत्राधिकार नपरेको र उक्त उजुरी पोखरामा दिनु भनी आलटाल गरेको अवस्थामा माघ १४ गतेका दिन जिल्ला वाल कल्याण समिति हुम्ला र लामा साँस्कृतिक मञ्च हुम्लाको दवावमा माघ २६ गते आएर मात्र जिल्ला प्रहरी कार्यालय हुम्लाले उजुरी दर्ता गर्न मानेको बताइएको छ ।

    ”विद्यालयका प्रधानाध्यापक धनलाल रोकायाको गैर यौन उन्मादीका कारण एउटी चेलीको दुःखद मृत्यु भएको खवर सु्न्न परिरहेको छ । हामी यस घटनाको घोर भत्र्सना गर्दै गहिरो गरी न्यायिक रुपमा छानवीन होस् र पीडितले न्याय पाओस् भनी सरकारसँग माग गर्दछौ ।” पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ ।

    छात्रा लामा विरामी हुँदा शिक्षक रोकायाले सिधै पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुर्याइएको थियो । सोही क्रममा छात्राका मृत्यु भएको थियो । सुर्खेत वा नेपालगंज ल्याउनु पर्नेमा पोखरा पुर्याएको भन्दै सरोकारवालाहरुले षड्यन्त्र भएको भनेका छन् । उपचार गराउन लागेका प्रअले अभिभावकलाई खबर नगरेपछि सरोकारवालाहरु आक्रोसित बनेका हुन् ।

    यस्तो छ विज्ञप्ती
    प्रेस वक्तब्य

    हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नं. ५ को तुम्कोट निवासी लेण्डोमिन्गुर लामा तामाङको १७ वर्षीय छोरी सिचुडोमा लामा कक्षा १० मा श्री महाबौद्ध माद्यमिक विद्यालय याल्बाङबाट उतीर्ण भई एसईईको तयारी गरिरहेकी थिइन् । त्यही क्रममा उनी महाबौद्ध माद्यमिक विद्यालय याल्बाङमा ट्युसन पढ्न गएकी थिइन् । उनी त्यस विद्यालयका प्रधानाध्यापक धनलाल रोकाया बस्ने घरमा बसी पढिरहेकी थिइन् । हामीलाई जानकारी भएअनुसार, सिचुडोमा २०७४ पुस २३ गते राति एकाएक भागेर घर पुगेको, घटनाक्रम बुझ्दा प्रअले जबरजस्ती करणी गर्न खोज्दा भागेर आएको, एसइइको तयारी गर्नपर्ने बाध्यताका कारण फेरि पढ्न गएको केही दिनमै एकाएक विरामी भनी घरपरिवारलाई समेत कुनै जानकारी नदिई माघ ७ गते असाधरण रुपमा पाएक नपर्ने ठाउँ पोखरामा हेलिकोप्टर मगाई पु¥याएको र त्यही क्रममा पोखराको मणिपाल अस्पतालमा माघ ८ गते विहान ३ बजे मृत्यु भएको भन्ने सुनियो ।

    यो घटनाको उजुरी बाबु लेण्डोमिन्गुर लामा तामाङले जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दर्ता गर्न खोज्दा जिप्रका हुम्लाले आफ्नो क्षेत्राधिकार नपरेको र उक्त उजुरी पोखरामा दिनु भनी आलटाल गरेको अवस्थामा माघ १४ गतेका दिन जिल्ला वाल कल्याण समिति हुम्ला र लामा साँस्कृतिक मञ्च हुम्लाको दवावमा माघ २६ गते आएर मात्र जिल्ला प्रहरी कार्यालय हुम्लाले उजुरी दर्ता गर्न मानेको थियो । यसरी सर्वसाधारणले न्याय पाउन नसकेका बेला पीडित बाबुले हाम्रो समाजलाई पनि न्याय माग्दै अनुरोध गर्नुभयो ।

    यसरी हामीलाई विद्यालय प्रधानाध्यापक धनलाल रोकायाको गैर जिम्मेवार ब्यवहारमा यौन उन्मादीका कारण एउटी चेलीको दुःखद मृत्यु भएको खवर सु्न्न परिरहेको छ । हामी यस घटनाको घोर भत्र्सना गर्दै गहिरो गरी न्यायिक रुपमा छानवीन होस् र पीडितले न्याय पाओस् भनी सरकारसँग माग गर्दछौ ।

    यस घटनालाई सामान्य अर्थमा नलिई दिन समाज ब्युझाउने तपाई पत्रकार तथा नागरिक समाजले न्यायिक आवाज उठाई सत्य, तथ्यको छानवीन गराई दोषीमाथि कारवाही गराई दिने वातावरण निर्माण गरि दिन पनि हार्दिक अनुरोध गर्दछौ ।

    १. सुनाम लामा, अध्यक्ष, टुक्चुलुङ समाज बौद्ध, काठमाडौ

    २. सुना याङ्जेन लामा, अध्यक्ष, आमा समुह काठमाडौ

    ३. कुमार लामा, अध्यक्ष हिमाली वाल समाज हुम्ला

    ४. छेम्बल लामा, अध्यक्ष, कैलाश मानसरोवर चिल्ड्रेन अफ हुम्ला

    ५. जंडुप लामा, अध्यक्ष, नेपाल हिमाली लामा विद्यार्थी एकता मञ्च, काठमाडौ

    ६. पेमा तोप्चेन लामा, अध्यक्ष कैलाश वाल प्रतिष्ठान हुम्ला

    २०७४ फागुन २

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा बालकरामले छेडाए जिब्रो, जात्रा हेर्न मन्त्री किराती सहित हजारौंको भिड

    येंयाँ पुन्ही अर्थात् आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुर थिमि-५ दिगुलीमा जिब्रो छेड्ने जात्रा भएको छ...

    राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन स्थगित

    राजधानी केन्द्रित आन्दोलनरत राहत शिक्षकहरूका माग सम्बोधन भएका छन् । सरकार र अन्दोलित राहत शिक्षक...

    ताथलीस्थित महायज्ञमा मेयरको उद्घोष : २०८२ साललाई धार्मिक पर्यटन वर्ष मनाइने

    चाँगु नारायण नगरपालिकाका मेयर जीवन खत्रीले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारी गरिएको...

    मध्यपुर थिमिमा सिंहावलोकनको नयाँ शुरुवात

    madhyapur thimi municipality thimi

    मध्यपुर थिमि नगरपालिकाले वार्षिक प्रगतीको समीक्षा गर्ने प्रचलन शुरु गरेको छ । नगरपालिकाले चागु आवको...

    ताथलीमा महायज्ञको उद्घाटन : सांसद थापाले गरे आयोजक बालयोगेश्वर विजयमूर्तिको प्रशंसा

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राज्यले गर्नुपर्ने काम बालयोगेश्वर विजयमूर्ति...