News Portal

  • देउवा ‘आउट’ ओली ‘इन’ : आजै सपथ लिने तयारी

    इभक्तपुर संवाददाताभक्तपुर, ३ फागुन
    ४९३ पटक
    भक्तपुर, ३ फागुन

    प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रम देउवाले राजीनामा दिएका हुन् ।

    राष्ट्रपति कार्यालय शीतल निवास पुगेका प्रधानमन्त्री देउवाले राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले कार्यकाल पूरा गरेकामा धन्यवाद दिएको  राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी गराए ।

    निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेश भएपछि नयाँ सरकार गठन प्रक्रिया शुरु भएसँगै प्रधानमन्त्री देउवाले राजीनामा दिएका हुन् ।

    यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारबाट देशबासीका नाममा सम्बोधन गर्दै  राजीनामाको घोषणा गरेका थिए ।

    सम्बोधन उनले आफूले तीनै तहको निर्वाचन सम्पन्न गरेर प्रमुख कार्यभार पूरा गरेको बताएका छन् ।

     

    यसैबीच शेरबहादुर देउवाको राजीनामा संगै राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी छन । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

    नवनियुक्त प्रधानमन्त्री ओलीले बिहीबार बेलुकी सपथ लिने तयारी भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    कान्ति बाल अस्पतालमा अब अनलाइन टिकट

    कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले अस्पतालमा अनलाइन टिकट सुरु गरेको बताका छन् ।...

    बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु

    काठमाडौंको धर्मस्थलीमा बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु भएको छ । सोमबार काठमाडौं महानगरपालिका धर्मस्थली...

    पेट्रोलियम पदार्थको मूल्य वृद्धि

    सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि...

    बाढीले बगाएको पुल नबन्दा स्थानीयलाई सकस

    कालिकोटमा नरहरिनाथ गाउँपालिको रहगाड झाेलुङ्गे पुल नबन्दा स्थानीयलाई सास्ती भएको छ । २०७७ साल साउन...

    रफतको तेह्रौं वार्षिकोत्सवमा तीनजना पुरस्कृत

    भक्तपुरको सूर्यविनायकस्थित रफत सञ्चार क्लवले २ पत्रकारसहित ३ जनालाई पुरस्कृत गरेको छ । क्लबले आफ्नो...