News Portal

  • निजी विद्यालयलाई बेलगाम नछाडीने प्रचण्ड प्रष्टोक्ति,शिक्षालाई जीवनोपयोगी बनाउने संकल्प

    काठमाडाैं, ५ फागुन
    ९३८ पटक
    काठमाडाैं, ५ फागुन

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एबम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारले शिक्षामा ब्यापक परीबर्तन गर्ने प्रष्ट पारेका छन् । शिक्षामा नीतिगत सुधारदेखि शिक्षक कर्मचारीहरुका सबै समस्यासमेत समाधान गर्ने उनले प्रतिबद्धता प्रकट गरे । नयाँ वामपन्थी सरकारप्रति जनताको अपेक्षा बढी रहेकाले सवै सुधार गर्न नसकेपनि सुधारको शुरुवात शिक्षा क्षेत्रबाटै गरिने उनको दावी छ ।

    शुक्रवार  एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को पाँचौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सके २० प्रतिशत पु¥याउने नसकेपनि पहिले भन्दा शिक्षा बजेटमा देखिने गरी वृद्धि गरिने बताए । ‘पहिले भाषण भए तर २० प्रतिशत शिक्षा वजेट कहिल्यै पुगेन’ प्रचण्डले भने– ‘शिक्षा बजेट जहिल्यै पुगेन मात्रै भनिएको छ अबको बजेटमा त्यसो भन्ने ठाउँ दिने छैनौं ।’ शिक्षालाई जीवनउपयोगी, उत्पादनमुलक, रोजगारमुलक, व्यवसायिक र प्रविधियुक्त बनाउन नयाँ बनेको सरकारले विशेष योजना ल्याउने समेत उनले जिकिर गरे । अनुसन्धानमा लगानी बढाउने गरी बजेट आउने उनले स्पष्ट पारे । निजी विद्यालयहरुलाई बेलगाम नछाडीने समेत प्रचण्डले स्पष्ट पारे ।

    अर्को फरक प्रसंगमा अध्यक्ष प्रचण्डले नेकपा एमालेसँग एकता हुने कुरामा आशंका नगर्न भनेका छन् । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि पहिलो पटक विस्तार भएको मन्त्रीमण्डलमा माओवादी सहभागी नहुँदा प्रश्न उठेको बताउँदै प्रचण्डले भने– ‘पार्टी एकतामा ठूलो समस्या आएको होइन । राष्ट्रपति, मन्त्री र ठूला नियुक्ति र सरकारका काम सम्बन्धी विषयमा एकैचोटी समझदारी बनाएर दृढताका साथ अगाडि बढ्छौं ।’

     

    कार्यक्रममा पूर्व शिक्षामन्त्री धनीराम पौडेलले शिक्षा नियमावली ल्याएर शिक्षक कर्मचारका समस्या स्थायी रुपमा समाधान गर्छु भन्दा कर्मचारी प्रशासनको असहयोगका कारण आफु असफल भएको बताए । ‘शिक्षाका कर्मचारीहरुको असयोगका विरुद्ध राजनीतिक धक्का कम हुँदा नियमावली पारित हुन सकेन ।’ पौडेलले भने । यदी नियमावली आएर आठौं शिक्षा ऐन संशोधन कार्यान्वयन हुन पाएको भए विद्यालय कर्मचारी र इसिडि शिक्षकहरुको समस्या स्थायी रुपमै समाधान भइसक्ने उनले जिकिर गरे ।

    शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले केही सामुदायिक विद्यालयहर मात्रै उत्कृष्ट बनेर नहुने सवै उत्कृष्ट बनाउन शिक्षक, अभिभावक, विद्यार्थी र सरकार हातेमालो गरेर अगाडी बढ्नुपर्ने बताए । ‘अब सामुदायिक विद्यालयमा बालबालिकाहरु किन रमाएनन्, किन सिकाइ कमजोर भयो त्यता सोचौ ।’ पौडेलले भने ।

    नेपाल शिक्षक महासंघका महासचिव तिलक कुँवरले स्थानीय तहमा शिक्षाको विकास गर्नु भनेकै शिक्षकलाई कार्बाही गर्नु मात्रै हो भन्ने जस्तो देखिएको भन्दै निर्वाचित जनप्रतिनिधिहरलाई यस विषयमा सचेत गराइदिन नेताहरुसँग आग्रह गरे । ‘हामीहरु ६५३ शासकहरुबाट शासित हुन चाहन्नौं ।’ उनले भने –‘विधि र प्रक्रिया भन्दा कोही पनि बाहिर जान पाउदैन ।’

    अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले आर्थिक आयस्रोतका आधारमा हुनेहरुसँग थप शिक्षा कर लिएर भएपनि १२ कक्षासम्म्मको शिक्षा पूर्ण निशुल्क गरिनुपर्ने बताए । शिक्षाको विकास र समृद्धीको मामिलामा शिक्षकवर्गसँग सहकार्य गर्दै अघि बढ्न आफुहरु तयार रहेको उनको भनाइ थियो ।

    कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका वरिष्ठ उपाध्यक्ष शंकर अधिकारीले सम्मेलनबाट संगठन विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी र शिक्षक निर्माण गर्ने दिशामा अघि बढ्ने बताए । समाजवादी शिक्षा नीतिलाई समाजवादी क्रान्तिको आधार बनाउँदै सम्मेलनले ट्रेड युनियन अधिकार, वामपन्थी शिक्षक एकता र शैक्षिक विकासलाई आफ्नो कार्यनीति ठोस गर्ने बताए ।

    कार्यक्रममा माअोबादी केन्द्रका पूर्व शिक्षामन्त्रीहरु, पूर्वमन्त्रीहरु तथा शिक्षक नेताहरुलगायतलाइ सम्मान गरिएको थियो ।

    कार्यक्रममा देशभरका ११ सय बढी शिक्षक प्रतिनिधिहरुको सहभागीता रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा बालकरामले छेडाए जिब्रो, जात्रा हेर्न मन्त्री किराती सहित हजारौंको भिड

    येंयाँ पुन्ही अर्थात् आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुर थिमि-५ दिगुलीमा जिब्रो छेड्ने जात्रा भएको छ...

    राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन स्थगित

    राजधानी केन्द्रित आन्दोलनरत राहत शिक्षकहरूका माग सम्बोधन भएका छन् । सरकार र अन्दोलित राहत शिक्षक...

    ताथलीस्थित महायज्ञमा मेयरको उद्घोष : २०८२ साललाई धार्मिक पर्यटन वर्ष मनाइने

    चाँगु नारायण नगरपालिकाका मेयर जीवन खत्रीले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारी गरिएको...

    मध्यपुर थिमिमा सिंहावलोकनको नयाँ शुरुवात

    madhyapur thimi municipality thimi

    मध्यपुर थिमि नगरपालिकाले वार्षिक प्रगतीको समीक्षा गर्ने प्रचलन शुरु गरेको छ । नगरपालिकाले चागु आवको...

    ताथलीमा महायज्ञको उद्घाटन : सांसद थापाले गरे आयोजक बालयोगेश्वर विजयमूर्तिको प्रशंसा

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राज्यले गर्नुपर्ने काम बालयोगेश्वर विजयमूर्ति...