सर्लाहीको हरिवनमा उखुको सुकेको पत्कर बोकेको टायरमा आगलागी हुदा टायर जलेर पुर्ण रुपमा क्षति भएको छ । बिद्युत प्राधिकरणको लत्रेको तारमा बिद्युत सर्ट भै क्षती भएको हो ।
आगलागीबाट हरिवन नगरपालिका- ८ का प्रकाश खड्काको टायर जलेर पुर्ण रुपमा क्षति भएको छ । १ लाख मुल्य बराबरको टायर जलेर नस्ट भएको पिडित खड्काले बताए । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।
बिद्युत सर्ट भै आगलागी भएपछि स्थानिय र हरिवन नगरपालिकाको बारुण यन्त्रको सहयोगमा १घण्टा भित्र आगोलाई नियन्त्रणमा लिएको हरिवन ११ का वडा सदस्य शुकदेव कार्कीले जानकारी दिए ।
बिद्युत प्राधिकरणको लापर्बाहीका कारण यस क्षेत्रमा पटक पटक यस्तो घटना घट्ने गरेको र लत्रेका तारहरुलाई उठाउनको लागी पहल गर्दा पनि बिधुत प्राधिकरण लालबन्दी बितरण केन्द्रले कुनै सुनुवाई नगरेको स्थानियले आरोप लगाएका छन् ।
बिद्युत प्राधिकरणले समयमा लत्रेका तारलाई नसोझ्याउदा यस्तो घटना पटक पटक घट्ने गरेको स्थानिय हरि अधिकारीले गुनासो गरे ।