News Portal

  • सकियो युएण्टोको राष्ट्रिय सम्मेलन : अधिकारीको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारी चयन

    इभक्तपुर संवाददाताकाठमाडौँ, ७ फागुन
    १२७३ पटक
    काठमाडौँ, ७ फागुन

    एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को अध्यक्षमा शंकर अधिकारी निर्वाचित भएका छन् । संगठनको पाँचौं राष्ट्रिय सम्मेलनले अधिकारीको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारी निर्वाचित गरेको हो ।

    निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष तर्फ ऋषिराम चापागाई(चितवन), नानुमाया पराजुली(लमजुङ) र बसन्त अधिकारी(दाङ) रहेका छन् । यसैगरी सीताराम अधिकारी(झापा), झपेन्द्र क्षेत्री(बाग्लुङ), मानबहादुर पाण्डे (अर्घाखाची), कृष्णदत्त जोशी(कञ्चनपुर), युगेश्वर राउत(सप्तरी) र इन्द्रराज भट्टराई(गोरखा) उपाध्यक्षमा निर्वाचित भएका छन् ।

    सम्मेलनले महासचिवमा निमबहादुर केसी(सल्यान) निर्वाचित गरेको छ । अर्थ उपमहासचिवमा कुलप्रसाद खतिवडा(ओखलढुंगा) र उपमहासचिवमा शान्ति ढकाल(सुर्खेत) निर्वाचित हुँदा सचिवहरुमा पुष्प न्यौपाने(काठमाडौं), सुशिला भट्टराई (बर्दिया) निर्वाचित भएका छन् ।

    संगठनका अनुसार सातै प्रदेश स्तरीय कमीटीका अध्यक्षहरु केन्द्रिय कार्यसमितिमा सचिव सरह रहने छन् । यसअघि नै प्रदेश स्तरीय सम्मेलनहरुबाट १ नम्बर प्रदेशमा राजु बस्नेत, २ नम्बरबाट भूपनारायण यादव, ३ नम्बरबाट दूर्गासिंह लामा निर्वाचित भइसकेका छन् । त्यस्तै, ४ नम्बर प्रदेशबाट सोमनाथ ढुंगाना, ५ नम्बरबाट मदन शर्मा, ६ नम्बर बाट रश्मीलाल चपाइ र ७ नम्बर प्रदेशबाट दलबहादुर कार्की अध्यक्षमा निर्वाचित भइसकेका नवनिर्वाचित उपाध्यक्ष ऋषिराम चापागाईले जानकारी दिए ।

    फागुन ४, ५ र ६ मा सम्पन्न संगठनको पाँचौं राष्ट्रिय सम्मेलनले १३५ जनाको केन्द्रिय समिति मध्ये ९३ जना प्रत्यक्ष निर्वाचित गरेको छ भने बाँकी मनोनित हुनेछन् । यसअघि ४५१ सदस्यीय केन्द्रिय समिति रहेको संगठनमा पाँचौं सम्मेलनबाट १३५ मा झारिएको हो ।

    अध्यक्षमा निर्वाचित भएसँगै अध्यक्ष शंकर अधिकारीले ६ महिना भित्र समाजवादी शिक्षाको स्पष्ट खाका तयार गर्नुकासाथै शैक्षिक गुणस्तरमा केन्द्रित रहँदै अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...