News Portal

  • काँग्रेसका ३ साधारण सदस्यसमेत नरहने गरी निष्काशित

    मोरङ, ८ फागुन
    ११५७ पटक
    मोरङ, ८ फागुन

    नेपाली काँग्रेस मोरङ क्षेत्र नं १ ले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी हितविपरीत कार्य गर्ने तीन जनालाई कारबाही गरेको छ ।

    उर्लाबारीमा क्षेत्रीय सभापति खड्ग फागोको सभापतित्वमा सोमबार बसेको पार्टी क्षेत्रीय समितिको बैठकले पार्टीका क्रियाशील सदस्य भीमबहादुर राउत, रामप्रसाद सुवेदी र विपीन खड्कालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको सचिव पर्वत राईले जानकारी दिए ।

    यस्तै, बैठकले निर्वाचनमा असहयोग पु¥याउने ३१ जनालाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । उहाँहरुलाई पत्र पठाउँदै स्पष्टीकरण सोध्ने निर्णय गरेको सचिव राईले बताए ।

    यसैगरी, क्षेत्र नं १ मा पार्टी हारको कारण खोज्दै प्रतिवेदन तयार पार्न महासमिति सदस्य ललित अधिकारीको संयोजकत्वमा एक समिति समेत गठन गरिएको छ । मोरङ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य गरी तीनवटै पदमा काँग्रेसले हार बेहोरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...