News Portal

  • बादल र अनन्त सरकारमा सहभागी हुँदै : गृहको गाठोले बढायो प्रचण्डको परेशानी

    इभक्तपुर संवाददाताभक्तपुर, १० फागुन
    ११२७ पटक
    भक्तपुर, १० फागुन

    नेकपा माओवादी केन्द्रले आफ्ना मन्त्रीहरुको टुंगो लगाउन नसक्दा सरकार बिस्तार हुन सकेको छैन । मन्त्री छान्न माओबादी केन्द्रलाई सकस परेकोले सरकार बिस्तारमा ढिलाई भएको हो ।

    सरकार विस्तारका लागि माओबादी केन्द्रका अध्यक्ष प्रचण्डसंग प्रधानमन्त्री केपी शर्मा ओलीले बार्ता गरिरहेको बुझिएको छ । प्रधानमन्त्री ओलीले मन्त्रालयको नामै तोकेर बाँडफाँड नगर्दा कसलाई मन्त्री बनाउने भन्ने निर्णय लिन कठिनाइ भएको श्रोतले बतायो ।

    श्रोतका अनुसार अर्थ एमालेले राख्ने र गृह माओबादीलाई दिने सहमती भने बनिसकेको छ । अर्थको लागि एमालेले महासचिव इश्वर पोखरेललाई तयार पारिसके पनि गृहमा माओबादी केन्द्रका २ आकांक्षीबीच कडा प्रतिष्पर्धा देखिएको छ ।

    अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गरेर पठाउने आस्वाशन दिएका बर्षमान पुन अनन्त राम बहादुर थापा बादलको इन्ट्री संगै रुष्ट बनेका छन । बादललाई नेतृत्व दिएर सरकारमा पठाउने भए आफुले गृह मन्त्रालय पाउनुपर्ने उनको माग छ ।

    अध्यक्ष प्रचण्डको परेशानी यतिबेला बढेको छ । उनी बादलको कुरा काट्न सक्दैनन् भने आफ्नो विश्वासपात्र रहेका अनन्तलाई चिढाउन पनि चाहदैनन् । उनले अनन्तलाई बिहीवार बिहानै बोलाएर गृह दिने बचन नै दिएको अनन्त निकट एक रोल्पाली नेताले जानकारी दिएका छन । यतिबेला प्रचण्ड बादललाई मनाउनेतिर लागेको बुझिएको छ ।

    सकेसम्म आजै साझसम्म नभए शुक्रवारसम्म बादल र अनन्त सरकारमा सहभागी हुने श्रोतको दावी छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...