News Portal

  • रणशेर गणका गणपती आचार्यको बिदाई, तिवारीलाई स्वागत

    प्रेमनाथ पाैडेलसर्लाही, १४ फागुन
    १६२१ पटक
    सर्लाही, १४ फागुन

    सर्लाहीको हरिवनमा नेपाल भुतपुर्ब सैनिक संघ सर्लाहीले गणपतिद्वयलाई एकसाथ स्वागत र बिदाइ गरेको छ । आइतबार लालबन्दी-२ पाचकुमारीमा रहेको रणशेर गणमा सरुवा भइ आएका नँया गणपती मिनराज तिवारीलाइ स्वागत र दुई बर्ष सेवा पश्चात सरुवा भै गएका गणपती सुरेश आचार्यलाई एकै कार्यक्रम का बिच बिदाई गरिएको हो ।
    हरिवनमा रहेको सगुन सहकारी सस्था को सभा हलमा भुतपुर्ब सैनिक संघका अध्यक्ष बेद बहादुर बुढथोकीको अध्यक्षतामा भएको कार्यक्रममा भुतपुर्ब सैनिक कृषि सहकारी संघ सर्लाहीका अध्यक्ष शंकर खड्का, सगुन सहकारी सस्थाका अध्यक्ष बाबुराम घिमिरे . सैनिक संघ का जिल्ला उपाध्यक्ष प्रभु नारायण शिवाकोटी (श्याम)लगायत ले गणपती सुरेश आचार्यले पुर्याएको सामाजिक योगदानको चर्चा गरेका थिए । उनले कार्यकालमा सर्लाहीको सामजिक बिकाश निर्माण ,बाढ्पिडित लाइ सहयोग ,नदि नियन्त्रण, प्रकोपमा उद्दार लगायतमा नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा गर्दै बक्ताहरुले सक्रिय जागिरे जीवनको शुभकामना दिएका थिए ।
    कार्यक्रममा सरुवा भएका गणपती आचार्यले स्थानीयको मायाले काम गर्ने जागर थपिएको बताएका थिए । उनलाई माया को चिनो दोसल्ला र फुलमाला लगायर बिदाई गरिएको थियो ।


    कार्यक्रममा नयाँ आएका गणपती तिवारीले आफ्नो कार्यकालमा सबै सङ्ग सहकार्य गर्दै बिकाश निर्माण का साथै यस क्षेत्र का नागरिक को हरेक सुख:दुख मा साथ रहने प्रतिबद्द्ता जनाएका थिए । उनलाई पनि दोसल्ला ओढाई स्वागत गरिएको थियो ।
    कार्यक्रममा सगुन सहकारी सस्था का अध्यक्ष बाबुराम घिमिरे लाई पनि दोसल्ला ओढाएर संघले सम्मान गरेको छ ।
    यसै बिच आज सर्लाहीको लालबन्दी १मा रहेको सर्पदंश उपचार केन्द्र नवलपुरका पदाधिकारीलाइ केन्द्र परिसरमै उधोग बाणिज्य संघ लालबन्दीले पनि अबिर माला र दोसल्ला ओढाएर नयाँको स्वागत र पुरानोको बिदाई गरेको खवर प्राप्त भएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...