News Portal

  • पहिलो निर्देशन दिदै नवनियुक्त मन्त्री यादवले भने – मलाइ रोक्नुहोला

    इभक्तपुर संवाददाताकाठमाडौँ, १४ फागुन
    ७२६ पटक
    काठमाडौँ, १४ फागुन

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मन्त्रालयको काम कारबाहीलाई जनमुखी र प्रभावकारी तुल्याउन सामूहिक सहकार्य हुनुपर्ने बताएका छन् ।

    आज सिंहदरबारमा पदभार ग्रहणपछि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उहाँले समन्वयका साथ अधिकार र कर्तव्यबोधलाई ध्यान दिएर देश र जनताका पक्षमा काम गर्नुपर्ने खाँचो औँल्याए ।

    “भाषण गर्ने तर काम नगर्ने प्रवृत्ति पुरानै भएकाले त्यसको अन्त्यगर्दै जति बोलिन्छ त्यति नै काम गर्नेगरी योजनाबद्ध कार्यक्रम ल्याउछु,” मन्त्री यादबले भने ।

    “अहिले भाषण हैन काम गर्ने बेला हो, मलाई गलत हुनबाट रोक्नुहोला, बेलैमा सजक गराउनुस्, हामी सबै मित्रवत् व्यवहारका साथ मन्त्रालयलाई नमूना बनाउनेतर्फ अघि बढौँ”, उनले भने ।

    मन्त्री यादबले आफू मित्रवत् व्यवहारका साथ मन्त्रालयको काम कारबाही सम्पादन गर्ने उल्लेख गर्दै अनुशासन तोडेर गढबड गर्नेका लागि मात्र आफू खतरा भएको र त्यसका लागि कुनै सम्झौता नगर्ने स्पष्ट पारे ।

    संविधानको निर्देशअनुसार समाजवादको आधार तयार गर्नेगरी काम गर्ने पनि उनले बताए ।

    कार्यक्रममा यसअघि तीन वटा मन्त्रालय समयोजन गरेर गठन भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव क्रमशः यामकुमारी खतिवडा, चन्द्रकुमार घिमिरे र अनिलकुमार ठाकुरले मन्त्रालयको गतिविधिबारे जानकारी गराउँदै एकीकरणपछि मन्त्रालयलाई छरितो र वैज्ञानिक बनाउन लागिपरेको उल्लेख गरे ।

    उहाँहरुले अहिलेको मुख्य समस्या मुलुकको व्यापार घाटालाई न्यूनीकरण गर्न योजनाबद्ध कार्यक्रम ल्याउने तयारीमा लागेको बताए ।

    प्रतिकृया दिनुहोस्

    बाढी पहिरोमा परी ज्यान गुमाउनेहरूको सम्झनामा पशुपतिमा दीप प्रज्वलन

    राष्ट्रिय मुक्ति क्रान्ति नेपालले बाढी पहिरोमा परी ज्यान गुमाउनेहरूको सम्झनामा पशुपतिमा दीप प्रज्वलन गरेकाे छ...

    विद्यार्थी निकेतनबाट ३.८२ जिपिए ल्याउने सुस्मितालाई विशेष सम्मान

    भक्तपुरको दोश्रो जेठो विद्यालय विद्यार्थी निकेतनबाट एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विशेष सम्मान गरिएको छ...

    प्रधान न्यायाधीशमा राउतको नाम अनुमोदन

    प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ । बुधबार बसेको संसदीय...

    पत्रकार महासंघको शक्ति पहिचान गर्न नसके इतिहासले हामीलाई निकै पछाडि हुत्याइदिन्छ

    देशमा लोकतन्त्र उदय र नेपाल पत्रकार महासंघको स्थापना सँगै जोडिएका छन् । अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रमा...

    ज्येष्ठ नागरिक समाजका सम्पत्ति : बिजुक्छेँ

    भक्तपुर नगरपालिकाले १० वटै वडाका १०–१० जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ...