News Portal

  • बादललाई गृह मन्त्रालय : नखाउँ दिनभरको शिकार,खाउँ कान्छा बाउँको अनुहार’

    इभक्तपुर संवाददाताभक्तपुर, १५ फागुन
    ११८० पटक
    भक्तपुर, १५ फागुन

    राजनीति पनि बडो गज्जबको बक्ररेखामा गुज्रिनेरहेछ । बिगतमा क्रान्तिको पक्षपोषण गर्दै प्रचण्ड नेतृत्वको मुल माओबादी पार्टी छोडेर हिडेका रामबहादुर थापा बादल यतिबेला पुरानै पार्टीमा फर्किएर देशको गृहमन्त्री बनेका छन् र उनलाई क्रान्तिकै कुरा गर्ने विप्लब नेतृत्वको नेकपालाई नत्थी लगाउने जिम्मेवारी आइपरेको छ ।

    राष्ट्रियसभा सदस्यमा माओवादी केन्द्रका तर्फबाट निर्वाचित नेता रामबहादुर थापा बादलले आफ्नै इच्छा अनुसार गृह मन्त्रालय रोजेका छन् तर यसको जिम्मेवारी बहनमा उनलाई ”नखाउ भने दिनभरिको शिकार, नखाउ भने कान्छा बाउको अनुहार’ भने झैँ हुने देखिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली नेकपा प्रति आक्रामक छन् । उनी सत्तामा आए लगत्तै नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शन सहित सयौ कार्यकर्ता पक्राउ परेका छन । नेकपाले उनीहरुको रिहाइको माग गर्दै एकदिने नेपाल बन्द देखि अनेकौ दबाबमूलक आन्दोलन गरेपनि हात लागि शुन्य भएको छ ।

    प्राय अन्य दलप्रति असहिष्णु स्वभाव भएका प्रम ओलीको निसानामा नेकपा पर्नु चानचुने कुरा होइन । यसले सरकार र नेकपा बीच टकरावको स्थिति पैदा गर्ने कुरा निश्चित रहेको विश्लेषक हरु बताउछन । यस्तो अवस्थामा सरकारको गृह मंत्री हुनुको नाताले एउटै मन भएका बादल – बिप्लव आमने -सामने आउने कुरा नेपालको माओबादी इतिहासमै एउटा हेर्नलायक परिघटना हुन पुगेको छ ।

    आफ्नो बिद्रोही स्वभावका कारण रक्षामन्त्री रहदा कटुवाल काण्ड निम्त्याउदै प्रचण्ड नेतृत्वको सरकार  गिराएको अपजस लाग्ने गरेका नेता बादलको लागि विप्लवसंगको संघर्षले कस्तो रुपमा चिनाउला त्यो भने हेर्न बाँकी नै छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...