News Portal

  • हेपाहा प्रवृत्तीका भारतीय कर्मचारीहरुलाई सिंहदरवारमा सिकाइयो ‘सवक’

    इभक्तपुर संवाददाताकाठमाडौँ, १५ फागुन
    २४०६ पटक
    काठमाडौँ, १५ फागुन

    हेपाहा प्रवृत्ती भएका भारतीय राजदुतावासका कर्मचारीहरुले मंगलवार सवक सिकेका छन् । अखिल क्रान्तिकारीका युवाहरुले उनीहरुलाई सवक सिकाएका हुन् ।

    मंगलवार सिंहदरवार भित्रै भारतीय राजदुतावासको शान देखाउने कर्मचारीहरु युवाहरुको फन्दामा परेका थिए । सिंहदरवार भित्रै रोकिराखेको मोटरसाइकललाई ठक्कर दिएर पनि गल्ती महसुस नगर्ने उनीहरुलाई युवाहरुले कब्जामा लिएर पाठ पढाए ।

    संजीब चाैधरीले रोकेर राखेको बाइकलाई सिंहदरवार भित्रै २२- सी डी – ९४ नम्बरको जीपले मंगलबार ठक्कर दिएको थियो । ठक्कर दिएर भारतीय दुतावासको शक्ति देखाउदै बलजफ्ती भाग्न खोजेपछि जीपको चावी थुतेर गाडी ३ घन्टा कब्जामा लिन बाध्य भएको सर्लाहीका युवा समिर बुढाथोकीले इभक्तपुरलाई जानकारी गराए । ” गल्ती स्विकार गर्नुको सट्टा उल्टै हामी भारतीय दुतावासको हो , हामीलाई कसैले केहि गर्न सक्दैन भनेपछि रीस उठ्यो । ” उनले भने ।

    युवाहरुको नियन्त्रणमा रहेका कर्मचारीहरुले यताउता फोन घुमाएर उम्कन खोजेका थिए । केहिशीप नचलेपछि ३ घण्टापछि गल्ती भएको भन्दै माफी मागे । उनीहरुले माफी मात्र मागेनन् । मोटरसाइकल मर्मत खर्च पनि दिन बाध्य भए ।

    आफूहरु भारतीय दुतावासको आडमा हेप्ने खोज्ने हेपाहा प्रवृत्ती विरुद्ध उत्रिएको बुढाथोकीले बताए । नेपालमा बसेपछि नेपालको कानुन मान्दिन भन्नु हेपाहा प्रबृत्ति भएको भन्दै उनले भने ,” नेपालमा गल्ती गर्दा सजाय पाइन्छ भन्ने उनीहरुले सायद् पहिलोपल्ट पाठ सिके, हाम्रो उदेश्य पनि यत्ति नै थियो ।”

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...