News Portal

  • कर्मचारी र नेता मात्र पाल्ने उद्योगहरु काम छैन : मन्त्री यादव

    इभक्तपुर संवाददातासिरहा, १७ फागुन
    १०५८ पटक
    सिरहा, १७ फागुन

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव पुन: कर्मचारीप्रति आक्रामक बनेका छन । होली पर्वमा शुभकामना आदानप्रदान गर्न मिर्चैया आइपुगेका मन्त्री मातृका यादव कर्मचारीप्रति आक्रामक बनेका हुन् ।

    मन्त्री यादवले सरकारी स्वामित्वमा रहेका उद्योगहरुले कर्मचारी पाल्ने मात्र काम गरेको भन्दै असन्तुष्टि जनाएका हुन् । होली पर्वका अवसरमा सिरहाको मिर्चैया नगरपालिकाले आयोजना गरेको सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री यादवले सरकारी स्वामित्वमा रहेका उद्योगधन्दा कर्मचारी र नेताहरुलाई तलब भत्ता खुवाउने संस्थाका रुपमा मात्र सीमित भएकाले ती संस्था नयाँ ढंगबाट सञ्चालन गर्नुपर्ने बताए ।

    ” सरकारी स्वामित्वमा रहेका उद्योगहरुको पुनःसंरचना आवश्यक छ ।” उनले भने ।
    सरकारी लगानीका उद्योगलाई पुनःसंरचना गर्दै यसलाई देशको उत्पादन संग जोड्न सक्नुपर्नेमा जोड दिदै मन्त्री यादवले कर्मचारी पाल्नेभन्दा पनि देश विकासमा टेवा पुर्याउने ढंगले सरकारी लगानीका उद्योगलाई विकास गर्न जरुरी रहेको जिकिर गरे ।

    मन्त्री यादवले आफ्नै कच्चा पदार्थ नभई उद्योग धन्धा बिकास नहुने भन्दै आफ्नो ध्यान त्यता पट्टि पनि भएको भनेका छन् ।  ”देशका युवाहरु काम नपाएर बिदेशियाका छन , उनीहरुलाई काम दिनसक्ने गरि देशमा उद्योगधन्धाको बिकाश गर्नु पर्दछ ।” उनले भने ।

    मिर्चैया नगरपालिकाका प्रमुख श्रवण यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्यद्वय जगतप्रसाद यादव र भरत साह लगायतले बोलेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...