News Portal

  • पर पुरुषसंग प्रेममा परेपछि श्रीमतीले दिइन गोली उपहार

    इभक्तपुर संवाददातापर्सा, १८ फागुन
    ११३९ पटक
    पर्सा, १८ फागुन

    पर पुरुषसँगको प्रेममा फसेकी एक श्रीमतीले आफ्नै श्रीमानलाइ गोली हान्न लगाएको खुलासा भएको छ । पर पुरुषसंगको प्रेम सम्बन्ध सफल पार्न उनले आफ्नै श्रीमान्लाई गोली हान्न लगाएको खुलासा भएको हो ।

    पर्साको विन्दवासिनी गाउँपालिका–३ झौवाटोल स्थायी घर भै वीरगन्जको रानीघाटमा बस्दै आएका ३५ वर्षीय उमेशप्रसाद चौरसियालाई आफ्नै श्रीमती प्रियंका चौरसियाले प्रेमीसँग मिलेर गोली हान्न लगाएको रहस्यो खुलेको छ ।

    चौरसीया धागो व्यवसायी हुन् ।
    जिल्ला प्रहरी कार्यालय विरगञ्ज नजिकै रहेको रातोबंगला अगाडि चाैरसियामाथि गाेली प्रहार भएकाे थियो । गाेली लागेर चौरसिया गम्भीर घाइते उनको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि राजधानी रिफर गरिएको छ ।

    उमेश प्रियंकासँग विहे गरेपछि वैदेशीक रोजगारीको शीलशीलामा खाडी पसे र ३ बर्ष उतै बसे । यो बीच उमेशको श्रीमती प्रियंका र वीरगन्जको अपोलो ट्रमा सेन्टरमा सिएमए पदमा कार्यरत बाराको परवानीपुर १ का २४ वर्षीय विकेन्द्र कुमार गुप्ताबीच प्रेम सम्बन्ध झाँगियो ।

    उमेश वैदेशीक रोजगारीबाट स्वदेश फर्किएपछि उनको हत्या गरी आफुहरुको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने नियतले प्रियंका र विकेन्द्रले उमेशको हत्या गर्ने योजना बनाए ।

    गोली प्रहार गर्ने वीरगन्ज १२ मुर्लीका २५ वर्षीय मुन्ना साह, बाराको परवानीपुर गाँउपालिका १ का २७ वर्षीय मनोज गुप्ता, उमेशकी श्रीमती प्रियंका र प्रियंकाका प्रेमी विकेन्द्रलाई प्रहरीले पक्राउ गरेको छ । र थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...