News Portal

  • प्रधानमन्त्री देशको पूरै सुरक्षा फोर्स लिएर पनि मधेस झर्न नसक्ने राजपा नेताको दावी

    इभक्तपुर संवाददाताकाठमाडाैं, १९ फागुन
    ७६५ पटक
    काठमाडाैं, १९ फागुन

    राष्ट्रिय जनता पार्टी (राजपा) का नेता मनिष सुमनले प्रधानमन्त्री केपी ओली तराई/मधेस झरे दुर्व्यवहार हुने चेतावनी दिएका छन् ।

    रिर्पोटर्स क्लबले शुक्रबार आयोजित कार्यक्रममा नेता सुमानले संविधान नै विभेदपूर्ण रहेकाले प्रधानमन्त्री मधेस झर्दा अफ्ठेरो पर्ने बताए । ‘अहिले मधेसको भू–भागमा प्रधानमन्त्री गए त्यहाँ जनतबाट दुर्वव्यवहार हुन सक्छ’, उनले भने, ‘देशको पूरै सुरक्षा फोर्स लिएर गएपनि मधेसमा वर्तमान प्रधानमन्त्री केपी ओलीको उपस्थिति हुन सक्दैन ।’

    संविधान नै विभेदपूर्ण रहेकाले पहिले यसलाई संशोधन गर्नुपर्नेमा अडानमा आफूहरु रहेको उनको भनाई थियो । ‘राजपा र फोरम दुवै मधेसका स्टेकहोल्डर हुन्, त्यसैले उपेन्द्र यादवले २ बुँदे वा २० बुँदे जे गरेपनि फरक पर्दैन’, उनले भने, ‘या यो सरकारको पुरै शक्ति लगाए पनि संविधान संशोधन नहुन्जेल मधेसमा उपस्थिति हुँदैन ।’

    सुमनले आफूहरुसँग अहिलेको सरकारले गम्भीर वार्ता नगरेको पनि गुनासो पोखे । उपेन्द्र यादवलाई मधेशको विद्वानको संज्ञा दिँदै उनले ठीकठीक ढंगले संविधान संशोधन गर्न पहल गर्न सुझाव दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...