News Portal

  • पत्रकार महासंघद्वारा ३ महिला पत्रकार पुरस्कृत

    इभक्तपुर संवाददाताकाठमाडौँ, १९ फागुन
    ८७९ पटक
    काठमाडौँ, १९ फागुन

    अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघले तीन जना महिला पत्रकारलाई लैङ्गिक समानता पुरस्कार द्वारा पुरस्कृत गरेको छ । शनिवार महासंघको सभाहलमा महिला समितिद्वारा आयोजित कार्यक्रममा ३ महिला पुरस्कृत भएका हुन् ।

    पुरस्कृत हुनेहरुमा नानिमैया विष्ट, गगनशिला खड्का र मन गैरे रहेका छन । उनीहरुलाई जनही १० हजार नगद र प्रमाणपत्र प्रदान गरिएको हो ।

    सञ्चारमा लैङ्गिक समानता र अवसर सम्बन्धी १७ वटा लेख रचना प्राप्त भएकोमा उत्कृष्ट तीन वटालाई पुस्कृत गरिएको महासंघ महिला समिति संयोजक लक्ष्मी पुनले जानकारी गराइन् ।

    उक्त अवसरमा पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्य , सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारी लगायत पत्रकारका नेताहरुले पत्रकारितामा महिलाको महत्व, भूमिका र चुनौती आदी बारे प्रकाश पारेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...