News Portal

  • टिपर चालक सुनकोशी नदीमा बेपत्ता

    इभक्तपुर संवाददाताखोटाङ, २० फागुन
    ७५० पटक
    खोटाङ, २० फागुन

    महुरे–फोक्सिङटार सडकखण्डमा कार्यरत एक जना टिपर चालक सुनकोशी नदीमा डुबेर बेपत्ता भएका छन् । कालोपत्रको काम भइरहेको उक्त सडकखण्डमा सिद्धिसाई कन्सट्रक्सनका चालक इटहरी उपमहानगरपालिका–२ का रामबहादुर बुढाथोकी शुक्रबारदेखि नदीमा डुबेर बेपत्ता भएका हुन् ।

    बुढाथोकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको साप्सु दोभानबाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए । बुढाथोकी बालुवा लिनका लागि नदीमा पुगेको समयमा नुहाउने क्रममा चिप्लिएर बेपत्ता भएको जानकारी आएको प्रहरीले जनाएको छ ।

    बेपत्ता बुढाथोकीको खोजीका लागि प्रहरी चौकी भण्डारेघाटका प्रहरी टोली परिचालन गरिएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...