News Portal

  • अध्यक्ष केपी ओलीका कारण नेतृत्व संकटमा परेको आरोप

    इभक्तपुर संवाददाताकाठमाडौँ, २० फागुन
    ७६० पटक
    काठमाडौँ, २० फागुन

    प्रधानमंत्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी ओलीको क्याम्पमा नभएकै कारण नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री नभएकोप्रति संकेत गर्दै नेताहरु चिन्तित बनेका छन् । मोतीदेवी स्मृति प्रतिष्ठान समाजको एक कार्यक्रममा नेतृत्वमा महिलालाई स्थापित गर्न नसकेको प्रति चिन्ता व्यक्त गरियो ।

    नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले उनीहरुलाई सम्मान गर्दै पार्टीभित्र व्याप्त गुटबन्दीका कारण महिला अधिकारका लागि जीवनभर संघर्ष गर्ने महिलालाई नेतृत्वमा स्थापित गर्न नसकिएकामा चिन्ता व्यक्त गरे ।

    उनले मुलुकमा ६८ वर्ष अगाडिदेखि शुरु भएको जनक्रान्ति सम्पन्न भएको बताउँदै संविधानसभाबाट जारी भएको संविधानले सबैका अधिकारलाई सुरक्षित गरेको भए पनि महिला अधिकार प्राप्तिमा अझै पनि पछि परेको र उनीहरुलाई शोषण भइरहेको बताए ।
    कार्यक्रममा राजनीतिकर्मी उतरा कोइराला, कलाकार निशा शर्मा, पत्रकार संगीता लामा, समाजसेवी सुवर्ण केशरी, खेलाडी निरा कायस्थ, अपांगता भएकी संगीता पन्त, दलित अधिकारकर्मी रामरति राम र आरोही चुनु श्रेष्ठ लाइ सम्मानित समेत गरिएको थियो ।

    नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिष्ठानका अध्यक्ष अष्टलक्ष्मी शाक्यले मोतीदेवीले काठमाडौँबाट कलकत्तासम्म हिँडेर गएर कम्युनिष्ट पार्टी गठनका समयमा संस्थापक सदस्यका रुपमा जिम्मेवारी लिएर निष्ठाको राजनीति गर्नुभएको स्मरण गरिन् ।

    ललितपुरमा जन्मेकी मोतीदेवीको विसं २०५४ मा ८६ वर्षको उमेरमा निधन भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...