News Portal

  • पहिलो संसद बैठकमा देखियो अनौठो दृश्य

    इभक्तपुर संवाददाता
    ११८१ पटक

    नयाँ सं‌विधान लागु भएपछि निर्वाचित पहिलाे संसद बैठकमा अनाैठा अनाैठा दृष्य देखा परेका छन् । अाइतबार निर्वाचित सांसदहरुलार्इ सपथ गराउन बसेकाे बैठकमा समानान्तर सरकार संरचना जस्तै बनाउने घाेषणा गरेकाे नेपाली कांग्रेसका सांसदहरुले सबैलार्इ चकित पार्नेगरी अाफ्ना नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाप्रति सम्मान गरे । कुनै भव्य अतिथि वा नेता वा गुरु कक्षा काेठामा प्रवेश गर्दा विद्यार्थीहरुले सम्मान गरेजस्तै कांग्रेसका सांसदहरुले देउवा संसदकाे बैठक कक्षभित्र प्रवेश गर्दा उठेर सम्मान व्यक्त गरे ।

    नेपाली कांग्रेसभित्र देउवालार्इ पराजित गर्न ठूलाे समूह लागि परेकाे छ । पछिल्लाे निर्वाचन प्रक्रियामा पार्टीकाे पराजयमा उनकै हात रहेकाे भन्दै उनलार्इ विस्थापित गर्ने प्रयत्न भइरहेकाे छ । उनलार्इ अब संसदीय दलकाे नेता पनि हुन नदिने स्थिति छ । तर, एकाएक संसदकाे पहिलाे बैठकमा कांग्रेसका सबै सभासदहरुले एकमतले देउवाका लागि उठेर सम्मान भाव देखाएपछि याे उनीप्रतिकाे सम्मान हाे वा उनलार्इ व्यङ्ग्य हानिएकाे हाे भन्ने चर्चा चलेकाे छ । वा अबकाे संसदमा कांग्रेसले अाफ्नै छुट्‍टै कुनै नीति अनुसार काम गर्न खाेजेकाे छ भन्ने सन्देश दिन गरिएकाे हाे भन्ने पनि चर्चा छ ।

    त्यसैगरी संसदकाे बैठकमा अर्काे राेचक दृष्य थियाे जेष्ठ सदस्यकाे खिचातानी । त्याे पनि याे नयाँ संविधानकाे अहिले पनि विराेध गरिरहेका मधेशी दलका नेताहरुबीच । मधेशी दलमा पनि नयाँ संविधानकाे चर्काे विराेध गर्ने नेताहरुले भरिपूर्ण राष्ट्रिय जनता पार्टी (राजपा) भित्र यस्ताे चल्याे । राजपाका नेताहरु महेन्द्र राय यादव र महन्थ ठाकुर मध्ये काे जेष्ठ हाे भन्ने चर्चा निकै चल्याे । नागरिकतामा उल्लेखित मिति अनुसार महेन्द्र राय यादव जेष्ठ ठहरिए । तर, पार्टीभित्रै पनि जानीमानी अाएका जेष्ठ नेता थिए महन्थ ठाकुर । जसका कारण केही समय यी दुर्इमध्ये कसले सांसदहरुलार्इ सपथ खुवाउने भन्ने विवाद देखियाे । अाइतबारकाे बैठकमा अाइपुग्दा भने यादव ब्याक हटे । महन्थ ठाकुरले सांसदहरुलार्इ सपथ खुवाए । जुन सपथ समाराेहमा महेन्द्र राय यादव उपस्थित नै भएनन् ।

    महेन्द्रको नागरिकता र वास्तविक उमेर फरक परेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले ‘आपत्ति’ जनाएपछि उनी अन्तिम समयमा रोकिएकाे बताइएकाे छ । प्रधानमन्त्री ओलीले आइतबार बिहान महन्थसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा साढे एक घण्टा वार्ता गरी ज्येष्ठ सदस्यको शपथ लिन प्रस्ताव गरेका थिए। बिहान साढे ९ देखि ११ बजेसम्म चलेको वार्तामा महन्थ ज्येष्ठ सदस्यको हैसियतमा शपथ खान राजी बनेको बताइएकाे छ ।

    महन्थ ठाकुरले सांसदहरुलार्इ सपथ खुवाइरहँदा धेरैले यही नयाँ संविधान जारी हुन लाग्दा उनकै नेतृत्वमा चलेकाे मधेश अान्दाेलन र भारतीय नाकाबन्दीले देशमा ल्याएकाे संकटकाे सम्झना अरु सांसदहरुले गरे । नयाँ संविधान निर्माणको अन्तिम चरणमा मधेसकेन्द्रित दलले संविधानसभा बहिष्कार गरी मधेसमा आन्दोलन, नाकाबन्दी र संविधान बहिष्कारको घोषणा गरेका थिए। उक्त आन्दोलनको प्रमुख नेतृत्वकर्ता थिए, राजपा अध्यक्ष महन्थ ठाकुर। अहिले पनि महन्थ ठाकुर याे संविधान संसाेधन गराए मात्र मान्ने भनिरहेका छन् । तर, कुनै माैका अाए अापसमै हानथाप गरेर अनि अाफ्नैबीच हानथाप गरेर अघि सर्ने प्रवृति राजपाका नेताहरुमा छ भन्ने याे घटनाले देखायाे ।

    अाइतबारकाे संसद बैठकमा अर्काे राेचक दृष्य देखियाे । निर्वाचनको तीन महिनापछि प्रतिनिधिसभा र राष्ट्रियसभाका निर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिए। सपथ लिने सांसदहरु अाअाफ्नाे मातृभाषामा सपथ लिएका सांसदहरु अाअाफ्नै जातीय पहिचान दिने पहिरनमा समेत सजिएर सांसद बैठक छिरे । अनि सपथ लिँदा पनि अाअाफ्नै भाषामा उनीहरुले सपथ लिए । एक हुन चाहेकाे देखिएन । अथवा एउटा साझा मापदण्ड नमान्ने संकेत उनीहरुले गरे । जुन कुराले याे संसदले अागामी दिनमा के गर्ला भन्ने कुराकाे संकेत गराएकाे धेरैकाे टिप्पणी छ । त्याे दृष्यले यस्ताे देखाउँथ्याे कि याे राज्यकाे नीति निर्माण गर्ने उच्च चेतना, उच्च बुझार्इ भएकाे प्रतिनिधिसभाकाे बैठक हाेइन कि याे त कुनै मेला हाे जहाँ हरेक मान्छे अाफ्नाे सांस्कृतिक पहिचान प्रस्तुत गर्न जम्मा भएका छन् । उनीहरु अाअाफ्ना सांस्कृतिक झाँकीहरुकाे प्रस्तुति दिन तम्तयार भएका छन् । उनीहरु रमार्इलाे गर्न र अाफ्नाे दम्भ देखाउन मात्र त्यहाँ सहभागी भएकाे भान हुन्थ्याे । किनकि उनीहरुले संसद भवनमा पहिरिएकाे पहिरन संसद भवनबाट निस्केर अाफ्नाे निवास पुग्ने बित्तिकै बदलिहाले ।  फेरि प्रतिनिधि सभा जस्ताे ठाउँमा त्यस खालकाे जडता देखिनु राम्राे हाेइन । जुन ठाउँमा तर्कपूर्ण रुपमा जनताका कुराहरु उठान गर्नु राम्राे हुन्छ । नेपालकाे भाषिक, सांस्कृतिक विविधतालार्इ संविधान, कानुन, नीति, नियम, कार्यक्रममा सम्वाेधन गराउन सक्नु बढी उपलब्धीपूर्ण र अर्थपूर्ण हुन्छ । नत्र त्याे रमार्इलाे मेलामै सीमित हुन्छ ।

    त्यसैगरी पहिलाे पटक संसद भवनभित्र छिरेका धेरै सांसदहरु निकै उत्सुकताका साथ दृष्यपान गरिरहेका थिए । अधिकांश सांसदहरु सेल्फीमा ब्यस्त थिए । उनीहरु कतिबेला बैठकमा अाफू बसिरहेकाे सेल्फीमा उतार्दै थिए त कतिबेला बैठककाे भिडियाे रेकर्ड अाफ्नाे माेवाइलमा कैद गरिरहेका थिए । कतिले त फाेटाे तत्कालै सामाजिक सञ्जालमा पाेष्ट समेत गर्न भ्याए ।

    त्यसैगरी नेपाल प्रहरीकाे सर्वाधिक खाेजि गरिएका तर सबैलार्इ अाश्चर्यचकित पार्दै संसद भवनमा सपथ लिन पुगेका पूर्व डिअाइजी नवराज सिलवाल पनि यसपटकका सेलिब्रिटी जस्तै भए । उनीसँग फाेटाे खिच्न धेरै सांसदहरु हानथाप नै गरेकाे देखियाे । सांसदहरु मात्र नभइ बाहिर अाउँदा पत्रकारहरु पनि उनीसँग सेल्फी लिन हतार गरेकाे दृष्य पनि यसपटक देखियाे ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा बालकरामले छेडाए जिब्रो, जात्रा हेर्न मन्त्री किराती सहित हजारौंको भिड

    येंयाँ पुन्ही अर्थात् आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुर थिमि-५ दिगुलीमा जिब्रो छेड्ने जात्रा भएको छ...

    राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन स्थगित

    राजधानी केन्द्रित आन्दोलनरत राहत शिक्षकहरूका माग सम्बोधन भएका छन् । सरकार र अन्दोलित राहत शिक्षक...

    ताथलीस्थित महायज्ञमा मेयरको उद्घोष : २०८२ साललाई धार्मिक पर्यटन वर्ष मनाइने

    चाँगु नारायण नगरपालिकाका मेयर जीवन खत्रीले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारी गरिएको...

    मध्यपुर थिमिमा सिंहावलोकनको नयाँ शुरुवात

    madhyapur thimi municipality thimi

    मध्यपुर थिमि नगरपालिकाले वार्षिक प्रगतीको समीक्षा गर्ने प्रचलन शुरु गरेको छ । नगरपालिकाले चागु आवको...

    ताथलीमा महायज्ञको उद्घाटन : सांसद थापाले गरे आयोजक बालयोगेश्वर विजयमूर्तिको प्रशंसा

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राज्यले गर्नुपर्ने काम बालयोगेश्वर विजयमूर्ति...