News Portal

  • ‘डेन्जर जोन’मा दुई पूर्व गृहमन्त्री शर्मा र बस्नेत

    इभक्तपुर संवाददाताभक्तपुर, २१ फागुन
    १८५० पटक
    भक्तपुर, २१ फागुन

    पूर्व गृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्ति बस्नेत बर्तमान सरकारमा मन्त्रीका आकांक्षी छन । बस्नेतको मन्त्री बन्ने पक्कापक्की भएपछी इन्ट्री मारेका शर्माका कारण यी दुई मध्य को मन्त्री बन्ने भन्ने कुरा माओबादी केन्द्रमा पेचिलो प्रश्न बनेको छ ।

    संघीय समाजबादी फोरम पनि सरकारमा सामेल हुने प्रवल सम्भावना बढेपछि बस्नेत र शर्मा खतरामा परेका हुन् । अमनलाल मोदीको मन्त्री बन्ने चर्चा चुलिएको बेलामा एकाएक उनको सट्टामा प्रभावशाली नेता जनार्दन शर्मा मन्त्रीको सूचीमा पर्न सफल भएका थिए तर फोरम सरकारमा सामेल भए माओबादीको भागमा ६ मन्त्रालय मात्र पर्ने भन्दै प्रधानमन्त्री केपी ओलीले दवाव दिएपछि उनको मन्त्री बन्ने सम्भावना खतरामा परेको श्रोतले इभक्तपुरलाई जानकारी गरायो ।

    शर्मा रुकुमका सांसद हुन् भने बस्नेत जाजरकोटबाट प्रतिनिधित्व गर्दछन । उनीहरु दुबैजना ६ नम्बर प्रदेशमा पर्ने हुनाले १ जना मात्र मन्त्री बन्ने सम्भावना देखिएको छ ।

    बस्नेतको पक्षमा प्रचण्ड , शर्माको पक्षमा प्रधानमन्त्री

    नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने बस्नेतको पक्षमा देखिएका छन । यता प्रधान मन्त्री केपी ओलीले भने शर्मालाई रुचाएका छन । मोदी नया भएकोले उनलाई भन्दा अनुभवी र क्षमतावान देखिएका शर्मालाई ल्याउनुपर्ने भन्दै प्रधानमन्त्री केपी ओलीले सुझाएपछि मात्र शर्माको सिफारिस भएको थियो ।

    अहिले मन्त्रालय घटाउने कुरा आएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मानेका छैनन् । उनले ओलीलाई शर्मा चाहिने भए मन्त्रालय नखोस्न सुझाव दिएको श्रोतको दावी छ ।

    माओबादी केन्द्रबाट मन्त्री सिफारिस भएकामा रामबहादुर थापा बादल र मात्रिका यादवले पदभार ग्रहण गरिसकेका छन भने बर्षमान पुन, गिरिराजमणि पोखरेल , जनार्दन शर्मा, शक्ति बस्नेत र बिना मगर मन्त्री बन्ने तयारीमा छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...