News Portal

  • प्रधानमन्त्री केपी ओलीप्रति काँग्रेस सभापति देउवाको कटाक्ष

    इभक्तपुर संवाददाताभक्तपुर, २२ फागुन
    ७३५ पटक
    भक्तपुर, २२ फागुन

    मंगलबार संसद बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमालेका बरिष्ठ नेता माधव नेपालप्रति कटाक्ष गरेका छन । आफु अघि बोलेका नेपालले अलि बढी नै फ़काउन खोजेको भन्दै उनले काँग्रेसलाई फकाउन जरुरी नभएको भनेका छन् ।

    नेता नेपालले डुब्न लागेको देश बचाउन जनताले बाम गठबन्धनलाई बहुमत दिएको बताउदै प्रतिपक्षलाई रचनात्मक सहयोग गर्न अनुरोध गरेका थिए । प्रतिउत्तर दिदै देउबाले भने , ” माधव नेपालजीले अलि बढी नै भन्नुभो त्यो उहाँको बाध्यता होला तर काँग्रेसले सधै राम्रोको मात्र साथ् दिन्छ ।

    सभापति देउबाले सांसदहरुलाई प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले बधाई र शुभकामना दिएका थिए भने नयाँ सरकार र प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री केपी ओली प्रति व्यंग्य गर्दै उनले भने, ”केपी ओलीजीले मैले चुनाव नै गराउदिन भन्नुहुन्थ्यो तर अहिले मैले गराएकै चुनावबाट प्रधानमन्त्री हुनुभएको छ ,उहाँलाई र उहाँले नेतृत्व गरेको सरकारलाई बधाई तथा शुभकामना छ ।”

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...