News Portal

  • सदनमा प्रचण्ड सम्बोधन : लडाई शुरु भएको छ

    इभक्तपुर संवाददाताभक्तपुर, २२ फागुन
    ११७२ पटक
    भक्तपुर, २२ फागुन

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुहरु एउटा लडाई सकेर अर्को लडाई शुरु गर्न लागेको जिकिर गरेका छन ।

    संघीय संसदको बैठकलाई मंगलवार सम्बोधन गर्दै प्रचण्डले राजनीतिक लडाइ पूरा गरिसकेका बताएका छन । उनले अब देशमा राजनीतिक लडाइ सकिएको र समृद्धिको लडाई शुरु भएको जिकिर गरे ।
    अब देशमा स्थायित्व, सुशासन, विकास र समृद्धिको लडाइ सुरु भएको उनको दावी छ ।
    स्थायित्व, सुशासन, विकास र समृद्धि ल्याउनको लागि नयाँ लडाइ शुरु भएको छ ।’ समृद्धिको नयाँ लडाइलाई पूरा गर्न सबै राजनीतिक दलले सहमति र सहकार्य गरेर अगाडि बढ्नुको बिकल्प छैन । उनले बताए ।

    अध्यक्ष प्रचण्डले समृद्धिको सपना पूरा गर्न राजनीतिक संस्कार परिवर्तन गर्नुपर्नेमा पनि जोड दिएका छन । राज्य संयन्त्र, कर्मचारी, न्यायालय, सुरक्षा निकायको कार्यशैली समाजवाद उन्मुख यात्रा अनुकूल नभएको प्रति चिन्ता गर्दै उनले अब सबैले पूरानो संस्कार र कार्यशैली परिवर्तन गरेर देश र जनताको हितमा काम गर्नुपर्ने बताए ।’
    संविधान गतिशील भएकाले विद्रोह र आन्दोलन नगरीकनै लोकतान्त्रिक विधिबाट परिमार्जन गर्न सकिनेभएकोले राजनीतिक लडाई अन्त्य भएको उनको दावी छ ।
    छिमेकी देशसँगको सम्बन्धबारे बोल्दै उनले नेपालले सबै छिमेकीसँग राम्रो सम्बन्ध राख्नुपर्ने भन्दै , भारत र चीन बीचको सम्बन्ध आपसी हितको आधारमा हुनुपर्ने बताए ।’

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...