भारतको तेलंगानामा एकजना बाबुले छोराको मोबाइल क्रेजदेखि आजित बनेर हात नै काटिदिएका छन् । मोबाइलमा पोर्नसाइट हेर्ने कुलतमा फसेको छोरादेखि आजित बनेर उनले आफ्नो छोराको हात नै काटिदिएका हुन् ।
छोराको हात काट्ने ४५ बर्षिय बाबु मोहम्मद कायूम कुरैशीलाइ प्रहरीले पक्रेको छ । उनले आफ्नो छोराको १९ बर्षका खालिदको हात काटेको स्वीकार गरेका छन् ।
पुलिस रिपोर्ट अनुसार यो घटना तेलंगानाको पहाड़ी शरीफ इलाकामा भएको हो ।
मोवाइल फोनमा फिल्म र पोर्न फिल्म हेर्ने आदत परेका छोराले जति सम्झाउदा पनि नमानेपछि आबेशमा आएर हात काटिदिएकोको उनले बताएका छन् ।
कुरैशीले सुतिराखेका छोरामाथि चक्कु प्रहार गरि हात काटिदिएको प्रहरीलाइ उद्घृत गर्दै त्यहाँका मिडियाले खवर लेखेका छन् । काटिएको हात जोडिने कम संभावना रहेको बताइएको छ ।