सप्तरीको मलेठमा १ बर्ष अघि शहादत पाउने शहिदका परिवारलाई २ नम्बर प्रदेशले राहतको घोषणा गरेको छ । मुख्य मंत्री लालबाबु राउतले आज उक्त घटनाको बार्षिकी पारेर बिज्ञप्ती मार्फत राहत घोषणा गरेका हुन् ।
मुख्यमन्त्री राउतले आज एक विज्ञप्ती जारी गर्दे शहिद परिवारका एक सदस्यलाई रोजगारी दिने बताएका छन । उनले अन्य पिडित तथा पिडित परिवारमा पनि पछि राहत प्याकेज ल्याउने प्रतिबद्धता जाहेर गरेका छन ।
गत बर्ष भएको मलेठ घटनामा पाँच जनाले ज्यान गुमाएका थिए ।
हेर्नुस् बिज्ञप्ती