News Portal

  • बिरोधी निदाएपछि निर्णय , मध्यरातमा एमालेले छान्यो रास्ट्रपति

    इभक्तपुर संवाददाताभक्तपुर, २३ फागुन
    १२३७ पटक
    भक्तपुर, २३ फागुन

    नेकपा (एमाले) को स्थायी समितिले रास्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने निर्णय गरेको छ । मंगलवार मध्यरातमा भण्डारीलाई दोहोर्याउने निर्णय भएको हो ।

    बुधबार ३ बजे सम्म मनोनयन दर्ता गराइसक्नु पर्ने तालिका भएपनि कस्लाइ रास्ट्रपति बनाउने भन्ने टुंगो लाग्न सकेको थिएन । बरिस्ठ नेता झलनाथ खनालले रास्ट्रपतिमा आकान्क्षा राखेका थिए भने भण्डारीले दोहोरिन लबिङ गरेकी थिइन् ।

    सहमती जुट्न नसक्दा साझ ६ बजेबाट बालुवाटारमा बसेको बैठक मध्यरातसम्म लम्बिएको थियो । करीब ६ घण्टा लामो बैठक पछि मध्यरातमा भण्डारी लाई दोहोर्याउने निर्णय सार्वजनिक भएको हो ।

    उनी प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली क्याम्पकी हुन् ।

    रिपोर्टिङका लागी बालुवाटारमा निर्णय कुरिरहेका पत्रकारहरुले भण्डारीका बिरोधी नेताहरु निदाउन्जेल कुरेर निर्णय भएको भन्दै मजाक समेत गरेका थिए । यो बिषय सामाजिक संजालमा समेत घोचपेचको बिषय बनेको छ ।

    बहुमत प्राप्त दलको उम्मेदवार हुने भएपछि रास्ट्रपति भण्डारी दोहोरिने सुनिश्चित देखिएको छ । २९ गते रास्ट्रपतिको निर्वाचन हुने कार्यतालिका तोकिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...