श्रम कार्यालय रहेको ताहाचल क्षेत्रमा अड्डा जमाई बसेका बिचौलियाहरुलाई प्रहरीले पक्राउ गरेको छ । कार्यालयमा आउने सेवाग्राहीलाई बाटैमा रोकेर बिचौलिया बन्दै मोटो रकम असुल्नेहरु पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले उक्त क्षेत्रबाट ३ दर्जन बिचौलियालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको बताएको छ । उनीहरुले सेवाग्राहीलाई गुमराहमा पारी लाग्ने रकमको दश नुना सम्म बढी रकम ठगी गर्ने गरेको आरोप प्रहरीको छ ।
‘सरकारी दस्तुरको १० गुणासम्म बढी लिएर बिचौलियाहरुले बदमासी गर्ने गरेको र कार्यालयमा सिधा सम्पर्क गर्न खोज्ने सेवाग्राहीलाइ डिस्टर्व गर्ने गरेको उजुरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिनु परेको प्रहरी परिसरले प्रष्ट पारेको छ ।