News Portal

  • दक्षिण कोरियाले ७ हजार युवा लैजादै : इपीएस अन्तर्गत भाषा परीक्षाको मिति तय

    इभक्तपुर संवाददाताभक्तपुर, २४ फागुन
    १०६७ पटक
    भक्तपुर, २४ फागुन

    दक्षिण कोरियाले कामदार लैजान अनिवार्य गरेको इपीएस अन्तर्ग नवौं भाषा परीक्षाको मिति तय भएको छ । आगामी जेठ २६ र २७ गतेको लागि भाषा परीक्षाको मिति तय भएको हो ।

    उक्त परीक्षामा सामेल हुन इच्छुक व्यक्तिहरुले चैत्र ८ देखि १७ गते सम्म आवेदन दिन सक्ने बताइएको छ । आवेदनका लागि तोकिएको यस १० दिनको अवधीमा १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको व्यक्तिले परीक्षाको लागि आवेदन दिन सक्ने इपीएस कार्यालय ग्वार्कोले जनाएको छ ।

    परीक्षाको लागि इन्टरनेट मार्फत आवेदन भर्नुपर्नेछ । आवेदन दिनका लागि इपिएस कार्यालयले epsnepal.gov.np साइट सञ्चालनमा ल्याउने जनाएको छ । परीक्षाका लागि २४ डलर शुल्क लाग्ने र भाषा परीक्षा काठमाडौं र पोखरामा सञ्चालन हुने कार्यालयले जनाएको छ । यो परीक्षामा उकृष्ट करीब ७ हजार युवालाई दक्षिण कोरियामा काम गर्ने अवसर प्राप्त हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...