News Portal

  • पूर्वराष्ट्रपति,प्रधानमन्त्री लगायत १ सय ७६ विशिष्टले पठाए प्रम ओलीलाई सफाइको पत्र

    काठमाडौँ, २४ फागुन
    ७७५ पटक
    काठमाडौँ, २४ फागुन

    वि.सं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणाको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार माग पत्र बुझाइएको छ । वाग्मती सफाइ महाअभियान र गैरआवासीय नेपाली संघ सरसफाइसम्बन्धी अन्तर्राष्ट्रिय युवा समितिले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणाको माग गर्दै १७६ विशिष्ट व्यक्तिले गरेको हस्ताक्षर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन् ।

    ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले सरसफाइ सरकारको उच्च प्राथमिकतामा रहेको बताए । “राजधानीलगायत देशभर चलेको सफाइ अभियानका बारेमा म जानकार छु, अभियान अझै विस्तारित र सशक्त बनाउन आवश्यक छ, यसका लागि सरकारले सहयोग गर्छ, सरसफाइ वर्ष घोषणाका लागि के के तयारी गर्नुपर्छ, त्यो सबै गरेर ल्याउन सम्बन्धित मन्त्रालयलाई भन्नेछु”, उनले भने ।

    सरसफाइ वर्ष घोषणा गर्न आवश्यक नीति निर्माणको गृहकार्य पनि सरकारले अघि बढाउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता थियो । सरसफाइ जनस्वास्थ्य र सभ्यतासँग जोडिएको संवेदनशील विषय भएको उनको भनाइ थियो । यसमा सरसफाइ वर्षको घोषणा गरी सरकारले नयाँ कामको थालनी गर्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाएको ज्ञापन पत्र बुझाउन गएका गैरआवासीय नेपाली संघ सरसफाइसम्बन्धी अन्तर्राष्ट्रिय युवा समितिका संयोजक खेम शर्माले जानकारी दिए ।

    ‘समृद्ध नेपालको निर्माणका लागि पहिलो कदमका रुपमा सम्पूर्ण देशलाई सफा र स्वच्छ बनाउने उद्देश्यले वि.सं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणा गर्न नेपाल सरकारलाई विशेष अनुरोध गर्दछौँ र यस पुनीत कार्यमा मन, वचन र कर्मले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ’ व्यहोरामा पूर्वराष्ट्रपति डा.रामवरण यादव र पाँच जना पूर्वप्रधानमन्त्रीसहित आर्थिक, सामाजिक, धार्मिक, पुरातात्विक, कलाकारिता, पत्रकारितालगायत क्षेत्रका १७६ विशिष्ट व्यक्तिले हस्ताक्षर गरे ।

    सरसफाइ वर्ष घोषणाको माग गर्दै पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल,डा.बाबुराम भट्टराई, झलनाथ खनाल, माधवकुमार नेपाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानन्यायधीश सुशीला कार्की, जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित, पूर्वमन्त्री हिसिला यमी, नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसी, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्ट, नेपाल इन्जिनियर्स एशोसिएशनका अध्यक्ष हरेराम श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    यसैगरी नायिका एवम् वाग्मती सफाइ सद्भावनादूत मनीषा कोइराला, नायक राजेश हमाल, कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, प्रियंका कार्की, सीताराम कट्टेल, एनआरएनएका संरक्षक उपेन्द्र महतो, डा.भगवान् कोइराला, डा.भोला रिजाल, प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठ, कर्ण शाक्य, रवि लामिछाने, बालगुरु आदित्य दाहाल र व्यवसायीले पनि सरसफाइ वर्ष घोषणाको मागमा हस्ताक्षर गरेका छन् ।

    पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.प्रदीप ढकालले माग पत्रमा हस्ताक्षर गर्दै ‘हरेक व्यक्तिमा सफाइका विषयमा सचेतना जगाउन वि.सं २०७५ सफल हुन सकोस्’ भन्ने कामना गरेका छन् । सरसफाइ वर्ष घोषणासँगै जथाभावी फोहर गर्नेलाई कारबाहीका लागि कडा कानून बनाई कार्यान्वयन गरेर सफा नेपालको अभियान शुरु गर्ने तयारी भएको छ ।

    नायिका एवम् वाग्मती सफाइदूत कोइरालाले सफा नेपाल बनाउनु सबै नेपालीको कर्तव्य हुनुपर्ने उल्लेख गर्नुहुँदै जन्मभूमिको सफाइमा जुट्न सरसफाइ वर्षको आवश्यकता रहेको हस्ताक्षर पत्रमा उल्लेख गरेका छन् । साहित्यकार डा.झमककुमारी घिमिरेले नेपाल सफा, नेपाली मन सफा, स्वच्छ नेपाल, स्वस्थ नेपाली भन्ने धारणाप्रति ऐक्यबद्धता जनाउन वि.सं २०७५ लाई सरसफाइ वर्ष घोषणा गरिनुपर्ने उल्लेख गरेका छन् । वि.सं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान शुरु भएपछि उपत्यकाका नदी सफाइमा जागरण फैलिएको छ ।

    उपत्यकाका रुद्रमती, विष्णुमती, मनोहरा, हनुमन्ते, इन्द्रमती, चक्रपथका विभिन्न स्थानमा पनि सफाइ अभियान भइरहेको छ । उपत्यकाबाट शुरु भएको अभियान हाल देशव्यापी बनेको छ । प्रमुख शहरका ४५ स्थानमा हाल सरसफाइ अभियान सञ्चालन भइरहेको वाग्मती सफाइ महाअभियानले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...