फागुन २५ र २६ गते नेपाल बन्दको आह्वान फैलाउने प्रमुख योजनाकार रंजित गुरुङ पक्राउ परेका छन । ‘पुर्व जनमुक्ति सेना रञ्जित गुरुङ समुह’का अध्यक्ष भएको बताउने गुरुङलाइ प्रहरीले पक्राउ गरेको हो ।
बन्दको हल्ला भाइरल बनेपछि गुरुङ महानगरीय प्रहरी परिसर काठमाडौंको फन्दामा परेका हुन् । बन्दको उदेश्यमा पूर्व माओबादी लडाकुलाई पेन्सनको व्यवस्था गर्न समेत माग गरिएपछि प्रहरीले माओबादी नेताहरुसंग सम्पर्क गरेको थियो । माओबादी नेताहरुले कसैले उत्पट्याङ गफ गरेको हुनसक्ने बताएपछि प्रहरीले गुरुङलाई गिरफ्तार गरेको हो ।
प्रहरीले उनलाई न्युरोडबाट नियन्त्रणमा लिएर आवस्यक अनुसन्धान अगाडी बढाएको बताइएको छ । बन्द हल्ला मात्र भएको प्रहरीले भनेको छ ।