News Portal

  • माओवादी केन्द्रका शालीन नेता महरा सभामुखको मैदानमा , सर्वसम्मत हुने सम्भावना

    इभक्तपुर संवाददाताभक्तपुर, २५ फागुन
    ६२३ पटक
    भक्तपुर, २५ फागुन

    शालीन नेताको छवी बनाएका माओवादी केन्द्रका सांसद कृष्णबहादुर महरा सभामुखको उम्मेदवार बन्ने भएका छन । शुक्रवार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको शिर्ष नेताहरुको बैठकले महरालाई सभामुखको उम्मेदवार बनाउने घोषणा गरेको हो ।

    एमालेको भागमा राष्ट्रपति परेपछि सभामुख आफुले पाउनुपर्ने माओबादी केन्द्रको माग रहेपनि एमालेले आलटाल गरिरहेपछि माओबादी केन्द्रले औपचारिक उमेदवारको रुपमा महरालाई घोषणा गरेको थिएन । यद्यपी महरालाई सभामुख बनाउने मनस्थिति माओबादीले शुरु देखि नै बनाएको थियो र उनको नाममा पार्टीमा कुनै बिबाद पनि थिएन ।

    माओबादी केन्द्रले सभामुख पाउनुपर्ने आफ्नो अडान नछोडेपछि अन्तिम आवरमा आएर महराको नाममा एमाले पनि सहमत भएको श्रोतले बतायो ।

    शुक्रवार नै संघीय संसद सचिवालयमा सभामुखको उम्मेदवारको रुपमा महराले उम्मेदवारी दर्ता गर्नेछन । भोली नै सभामुखको निर्वाचन हुने कार्यतालिका रहेको छ । बाम गठबन्धनको साझा उम्मेदवार हुनेहुँदा महराको जीत सुनिश्चित देखिएको छ । बिबादरहित व्यक्तित्व भएका कारण महरा सर्वसम्मत सभामुख हुनसक्ने सम्भावना समेत रहेको उनी निकट श्रोतले इभक्तपुरलाई जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...

    पुरा भयो एसईई परीक्षाको तयारी

    २०७९ मा हुने एसईई परीक्षाको तयारी पुरा भएको छ । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा...

    आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

    मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

    सूर्यविनायक साँगा सडक खण्डको निर्माण कार्य शुरु

    सूर्यविनायक धुलिखेल सडक आयोजना अन्तर्गत सूर्यविनायक साँगा सडक खण्डको सडक निर्माण कार्य शुरु भएको छ...

    वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइदै

    आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।...