News Portal

  • हरिवनमा निस्किए अर्का दानवीर, ७० लाखको जग्गा निशुल्क प्रदान

    प्रेमनाथ पौडेलसर्लाही, २६ फागुन
    ११९१ पटक
    सर्लाही, २६ फागुन

    सर्लाही को हरिवन-६ का एक समाजसेवीले स्वास्थ्य चौकी निर्माण का लागी ७० लाख मुल्य बराबरको जग्गा निशुल्क प्रदान गरेका छन ।

    हरिवन नगरपालिका वडा नम्बर ६ घुर्कौलीका ७४ बर्षिय इन्द्र प्रसाद मैनालीले स्वास्थ्य चौकी भवन निर्माणका लागी ७० लाख मुल्य पर्ने ७ कठ्ठा जग्गा शुक्रवार एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् ।

    आफ्नो बुबा ९४ बर्षिय कृष्ण प्रसाद मैनालीको धेरै बर्ष अघि देखिको चाहनालाई पुरा गर्दै उनका छोरा इन्द्र प्रसाद मैनालीले स्वास्थ्य चौकीको नाममा निशुल्क जग्गा प्रदान गरेको वडा अध्यक्ष प्रल्हाद बुढाथोकीले जानकारी गराए ।
    जग्गा हस्तान्तरण संगै भवन निर्माणको बाटो खुलेको र जनतालाई आवश्यक स्वास्थ्य सुबिधा दिन सहज बातावरण बनेको अहेब कैलाशसिङ्गले बताए ।

    हरिवनमा अधिकांस सरकारी कार्यालय भवन निर्माण गर्नका लागी करोडौ मुल्य पर्ने जग्गा यांहाका दानवीरले निशुल्क दान गरेको नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत टिकाराम ढकालले बताएका छन ।

    उनका अनुसार इलाका प्रसासन ,इलाका प्रहरी ,नगरपालिका ,मालपोत ,नापी, ससस्त्र प्रहरी बेश क्याम्पका लागी समेत नि शुल्क जग्गा प्राप्त भएको र केहि कार्यालयको भवन निर्माण गरि काम समेत शुरु गरिसकिएको छ । नगरपालिका स्वयम् पनि निशुल्क प्राप्त गरेको झण्डै १०कठ्ठा जमिनमा भवन निर्माण कार्य गरिरहेको छ र केहि महिनाभित्रै त्यहीबाट सेवा सुचारु गर्ने तयारीमा रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...