News Portal

  • सभामुखमा निर्विरोध निर्वाचित महरा भन्छन : ‘संसद्लाई सबैको साझा र सर्वोच्च थलो बनाउछु’

    इभक्तपुर संवाददाताभक्तपुर, २७ फागुन
    ५०९ पटक
    भक्तपुर, २७ फागुन

    सभामुख कृष्णबहादुर महराले संसद्मार्फत सबै समस्या समाधान गर्न सफल भए देशलाई आर्थिक समृद्धि, सुशासन र अमनचयन कायम गर्न सफलता मिल्ने विश्वास व्यक्त गरेका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न राजनीतिक दलका नेता एवं सांसदबाट आफूलाई प्राप्त शुभकामनाको प्रत्युत्तरका क्रममा सभामुख महराले प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै संसद्लाई नै जनताको सर्वोच्च थलो बनाउन हरसम्भव प्रयास गरिने प्रतिबद्धता व्यक्त गरे ।

    उनले आफूलाई सभामुखमा निर्वाचित गर्न सहयोग पुर्याउने प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत प्रतिनिधिसभाका सबै सदस्यलाई धन्यवाद दिए । उनले विभिन्न राजनीतिक आन्दोलनमा शहादत प्राप्त गर्ने, घाइते, अपांगता भएका व्यक्ति तथा बेपत्ता नागरिकको पनि स्मरण गरे ।

    त्यसअघि सभामुख महरालाई सफल कार्यकालको शुभकामना दिँदै नेकपा ९एमाले०का वरिष्ठ नेता झलनाथ खनालले देशको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नतिका लागि सबै राजनीतिक दलको महत्वपूर्ण भूमिका रहनुपर्नेमा जोड दिए ।

    उनले संविधान कार्यान्वयनमा नयाँ कानून चाहिने भएकाले त्यसमा सभामुख महराले नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । पूर्वप्रधानमन्त्री खनालले भने, “ संसद्मा विभिन्न विचारधाराका दल रहेकाले सबसँग अन्तक्र्रिया गरी अगुवाइ गर्ने जिम्मेवारी सभामुखको काँधमा आएको छ ।”

    बैठकमा नेपाली काँगेसका महामन्त्री डा.शशाङ्क कोइरालाले नेपालमा द्वन्द्वको अन्त्य भई समृद्धिको यात्रा शुरु भएकाले प्रतिपक्षका तर्फबाट सकारात्मक भूमिमा निर्वाह गरिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “महरा राजनीतिक रुपमा परिपक्वसमेत हुनुभएकाले उहाँले सबैलाई समेटेर लैजान सफल हुने अपेक्षा गर्दछु ।”

    नेकपा (माओवादी केन्द्र)का वर्षमान पुनले तीन वटै तहले विधायिकी अधिकार प्रयोग गरेपछि नयाँ अवसरसँगै चुुनौती पनि सिर्जना भएकाले नवनिर्वाचित सभामुखले कुशलतापूर्वक भूमिका निर्वाह गरी सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

    राजपा नेपालका शरत्सिंह भण्डारीले सबै नेपाली जनताको साझा थलोका रुपमा प्रतिनिधिसभालाई स्थापित गर्न नवनिर्वाचित सभामुखले महत्वपूर्ण कार्यभार पूरा गर्ने विश्वास व्यक्त गर्दै संविधान कार्यान्वयनका विषयमा विभिन्न समुदायले उठाएका विषयवस्तुलाई संसद्मार्फत पूरा गर्न सभामुखलाई सुझाव दिए ।

    संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठले संविधान निर्माणका क्रममा व्यक्त भएको असन्तुष्टि हालसम्म कायम रहेकाले त्यसलाई उचित रुपमा निरुपण गर्नुपर्ने बताउँदै राष्ट्रिय एकताको मुख्य आधार नै विविधतायुक्त संघीयता भएको बताए ।

    राप्रपाका राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल र नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले सरकारलाई संसद्प्रति जिम्मेवार बनाउन सभामुखको भूमिका महत्वपूर्ण हुने बताएका थिए । प्रतिनिधिसभाको अर्को बैठक आजै अपराह्न ३ बजे बस्नेछ । सो बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुहुने कार्यसूची संघीय संसद् सचिवालयले तयार गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डको राजनीतिक भेटवार्ता शुरु

    तेस्रो कार्यकाल सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड औपचारिक भ्रमणका लागि भारत पुगेका छन् । उनले...

    दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद चलाउने

    sungava school

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद अभ्यास गर्ने भएको...

    पूर्व सचिव उपाध्यायको स्टाटसप्रति पूर्वमन्त्री महेश बस्नेतको आपत्ति

    नेपाल सरकारका पूर्वसचिव भिम प्रसाद उपाध्यायले सामाजिक संजालमा राखेको स्टाटसप्रति पूर्व मन्त्री समेत रहेका नेकपा(एमाले)...

    साना करदातालाई राहत : वार्षिक १ करोडसम्म कारोबार गर्नेले मासिक विवरण पेश गर्नु नपर्ने

    chicken station radheradhe

    साना करदातालाई बजेटले राहत दिएको छ । मूल्य अभिवृद्धि कर(भ्याट) मा दर्ता भई वार्षिक एक...

    १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत (पूर्णपाठ सहित)

    सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ...