News Portal

  • विनाेद श्रेष्ठकाे नेतृत्वमा ललितपुरको क्रान्तिकारी पत्रकारमा नयाँ कार्यसमिति

    इभक्तपुर संवाददाताललितपुर, २७ फागुन
    ७५६ पटक
    ललितपुर, २७ फागुन

    क्रान्तिकारी पत्रकार संगठनले ललितपुर जिल्लामा नयाँ समिति गठन गरेकाे छ । अाज ललितपुरकाे पुल्चाेकमा भएकाे दाेस्राे जिल्ला सम्मेलनबाट विनाेद श्रेष्ठकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएकाे हाे ।

    नयाँ कार्यसमितिमा रामप्रसाद घिमिरे, सचिवमा मिना भट्टराई, सहसचिव हुमकला मिश्र र कोषाध्यक्ष अनिता परियार रहेका छन् । अागामी बैशाख १५ र १६ गते अायाेजना गरिएकाे राष्ट्रिय सम्मेलनकाे पूर्व सन्ध्यामा संगठनले देशव्यापी संगठन गठन, पुनर्गठन र विस्तार अभियान चलार्इरहेकाे छ । शनिवार मात्र संगठनकाे काठमाडाैं जिल्लाकाे दाेस्राे जिल्ला सम्मेलन सम्पन्न भएकाे थियाे । साे सम्मेलनले करण बडालकाे अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेकाे थियाे । त्यस्तै २९ गते भक्तपुर जिल्ला समितिले सम्मेलनकाे अायाेजना गरेकाे छ ।

    ललितपुरकाे जिल्ला सम्मेलनकाे उद्घाटन गर्दै क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रभात चलाउनेले जनपक्षीय पत्रकारिता यात्रालार्इ दह्राे गरी पकड्दै अार्थिक मिशनलार्इ मात्र प्रधान बनाउने मिशन बनाइरहेका कर्पाेटरेट टाइकुन पत्रकारिताका विरुद्ध जुट्नु पर्नेमा जाेड दिए । सर्वसाधारण जनताका जीवनसँग जाेडिएका समस्या र राज्यले गरेकाे विभेदका विरुद्ध जनताले जनाएका असहमति वा विराेधलार्इ कुनै स्थान नदिने तर राजनीतिक शक्ति र अार्थिक शक्तिकाे गुणगाण गाएर उनीहरुकै वरिपरि रहेर गरिने पत्रकारिता सही पत्रकारिता नभएकाे उनकाे भनार्इ थियाे । अध्यक्ष चलाउनेले पत्रकारिता कमजाेर जनताकाे पक्षमा कमजाेर जनताकै हतियार बन्नुपर्ने बताए । कुनै कर्पाेर्ट विजनेस हाउसका गतिविधि सर्वसाधारण जनताका लागि कुनै चासाे नराख्ने हुँदा त्यही कुरा मात्र पढाउने व्यवसायिक पत्रकारिता काम नहुने उनले बताए । जनताकाे जीवनसँग जाेडिने, जनताका समस्यामाथि सहयाेगी बन्ने र राज्यले गरेका व्यवहारमाथि जनताले देखाउने प्रतिक्रियामा अाधारित रहने पत्रकारिता अब विकास गर्नुपर्ने उनकाे भनार्इ थियाे ।

    साे क्रममा उनले प्राचीन कालदेखि नै नेपाल राजनीतिक संघर्ष नै संघर्षबाट गुज्रदै अाएकाे उल्लेख गर्दै अझै पनि राजनीतिक अान्दाेलन नसकिएकाे बताए । राज्य व्यवस्था र राजनीतिक मुद्दाहरुकाे सही निकास नहुँदासम्म राज्यका अरु कुनै पनि क्षेत्र व्यवस्थित विकास नहुने भन्दै उनले पहिलाे राजनीतिक व्यवस्थामाथि उठेका प्रश्नकाे समाधान निकाल्नुपर्ने बताए । राजनीतिक अधिकारहरु स्थापित नभइकन, त्यसकाे सहज उपभाेग जनताले गर्न पाउने वातावरण नभइकन राजनीतिक व्यवस्थाकाे प्रश्न कदापी हल नहुने पनि उनले बताए । त्यसैले राजनीतिक अधिकार कटाैती गर्ने गरी नभर्इ राजनीतिक अधिकारकाे सुनिश्चितता गरेर त्यसमा गम्भीर छलफल, बहस गरेर समाधान निकाल्न लाग्नुपर्ने उनकाे भनार्इ थियाे ।

    कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र रावल र नेपाल कम्युनिस्ट पार्टी ललितपुरका सेक्रेटरी बिपिनले पनि अाफ्ना भनार्इ राखेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा संगठनका केन्द्रीय सदस्य जन्मदेव जैसी, बाबुराम भुषाल, हिम बिष्ट, सिर्जना तिम्सिना लगायतकाे उपस्थिति रहेकाे थियाे ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...