News Portal

  • बोक्सीको आरोपमा किसोरी कुटिदा रमिते बनेका मेयर ममताप्रसाद माथि गोली प्रहार

    इभक्तपुर संवाददाताकैलाली, २८ फागुन
    ९५७ पटक
    कैलाली, २८ फागुन

    कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली हानिएको छ । अहिले अन्दाजी ८ बजेको समयमा उनीमाथि गोली हानिएको हो ।

    सुख्खड बजारमा रहेको उनको घरमै गएर अज्ञात व्यक्तिहरुले उनीमाथि गोली प्रहार गरेका हुन् ।

    जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार चौधरीको कम्मर र खुट्टामा गोली लागेको तथा टाउकोमा खुकुरीको गहिरो चोट देखिएको छ ।

    स्थानीय घोडाघोडी अस्पतालमा उपचार हुन नसकेपछि उनलाई नेपालगंज रिफर गरिएको छ ।

    मेयर ममताप्रसाद चौधरी बोक्सी भन्दै कक्षा ११ पढ्ने छात्रा राधा चौधरीलाई यातना दिदा रमिते बनेर बिबादित बनेका थिए भने संचारकर्मीसंगको कुराकानीमा समेत गम्भीर बिषयमा हल्का ढंगमा प्रस्तुत भएर आलोचित बनेका थिए । उनीमाथि देउकलिया गाउँमा गत बिहीबार राधा चौधरीमाथि बोक्सीको आरोपमा कुटपिट गरिदा घटनालाई गुपचुप बनाउन खोजेको र पीडकलाई प्रहरी बाट छुटाएको आरोप लागेको छ ।

    गोली हान्ने व्यक्तिहरुको पहिचान नभएको र आफुहरुले खोजी कार्य तीब्र बनाएको प्रहरीले भनेको छ ।

     

    सच्याइएको : शिर्षकमा मेयर ममताप्रसाद हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।

    अपडेट : मेयरलाई गोली हानेको आरोपमा नेकपाका जिल्लास्थित ३ नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । नेकपाले यस अघि मेयरमाथि कार्वाहीको चेतावनी दिएको भएपनि घटनाको जिम्मेवारी भने लिएको छैन ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...